इनरुवा÷हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनालाई आफ्ना मुख्य एजेन्डा बनाएर गठन भएको वृहत राष्ट्रवादी मोर्चाले शुक्रबार मुलुकको रक्षा हिन्दु राष्ट्र र
राजसंस्था स्थापनाका लागि हतियार उठाउने तयार रहेका जनाएको छ ।
स्वर्गीय राजा महेन्द्रको ९६ औं जन्म जयन्तिका अवसरमा पौष १ गते सुनसरीको सदरमुकाम इनरुवामा आयोजित विशाल भेलालाई सम्बोधन गर्दै पूर्वराज्यमन्त्री समेत रहेका वृहत राष्ट्रवादी मोर्चाका संयोजक सिनेट श्रेष्ठले यस्तो घोषणा गर्नुभएको हो ।
मुलुकको अस्तित्व धरापमा पारेर लादिएको गणतन्त्र,
धर्मनिरपेक्षता ९५ प्रतिशत नेपाली जनतालाई स्वीकार्य छैन, श्रेष्ठले भन्नुभयो । संयोजक श्रेष्ठले भन्नुभयो नेपाल आमालाई मेरो जीवन उपहार छ । यहाँ राष्ट्र र सद्भाव सिध्याउने खेल शुरु भइसकेको छ । तसर्थ मुलुक, राजसंस्था, हिन्दु धर्मकालागि मोर्चा सशस्त्र क्रान्ति गर्न तयार भएर बसेको छ । अब प्रत्येक नेपालीले नेपाल आमालाई बचाउन बलिदान दिन तयार भएर बस्नुपर्छ । उहाँले भन्नुभयो तपाईहरु साथ दिनुुस् यो मुलुकमा परिवर्तन हुन्छ । यसको नेतृत्व अब मोर्चाले गर्छ । उनले भने अब मुलुकमा छिट्टै परिवर्तन नभए मुलुक नरहने अवस्था सिर्जना भएको छ ।
सो अवसरमा पूर्व डिआइजी ऐनविरजंग राणा, पूर्व डिएसपी हेमलाल प्रधान, योगेन्द्र खनाल, भरत भट्टराई, डम्बर घिमिरे, शभ्मु कार्की, घनश्याम आचार्य, मोही नारायण चौधरी, दुर्गा बस्नेत लगायतले स्व. राजा महेन्द्रको योगदानका बारेमा चर्चा गर्नुभएको थियो ।
