धरान÷युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै धरानमा युवासंघ लगायत एमालेका भातृसंगठनहरुले तिवारी हत्याका हत्याराहरुलाई कारबाही गर्नुपर्छ भन्दै जुलुस प्रदर्शन गरेका छन् ।
सोमबार रुपन्देहीका युवासंघका अध्यक्ष तिवारीलाई भारतीय गुण्डा लगाएर हत्या गरिएको भन्दै प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका
थिए ।
तिवारीमाथि रुपन्देही र नवलपरासीको सीमानामा पर्ने
खैरहनी भन्ने स्थानमा गोली प्रहार भएको थियो । उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।
तिवारीको केवीआई इँटा उद्योग रहेको छ । प्रहरीका अनुसार करिब ६ महिना अघि उद्योगमै उनीमाथि आक्रमण भएको थियो । उक्त घटनामा संलग्न ८ जना पक्राउ परेपछि हत्यामा संलग्नमा आशका गरिएका मनोज पुन भागेका थिए ।
पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कमलसिंह बमले तिवारीमाथि यसअघि पनि आक्रमणको प्रयास भएको बताउनुभयो । त्यही समूह संलग्न भएको हुनसक्छ । हामी अनुसन्धान गरिरहेका छौं ।’

