धरानस्थित रहेको दिल्ली पब्लिक स्कुलमा दुई दिने स्वरसंगीत, प्राज्ञिक र साँस्कृतिक महोत्सव हुँदैअध्ययनरत विद्यार्थिहरुले धरानका १० उत्ृकष्ट विद्यालयका विद्यार्थीहरु बीचमा अन्तक्र्रिया गर्ने

धरान÷विगत दुई दशकभन्दा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यहँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालित दिल्ली पब्लिक स्कुलमा दुई दिने स्वरसंगीत, प्राज्ञिक र साँस्कृतिक महोत्सवमको आयोजना हुने भएको छ ।
विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पहिलो पटक आयोजना गर्न लागिएको क्थmउजयलथ स् ब्अबमझष्अ बलम ऋगतिगचभ ँबकत कार्यक्रममा ड्रामा, पोयम, डिवेट, डान्स लगायत सबै विद्या समावेश गरिएको आयोजक दिल्ली पब्लिक स्कुलले जनाएको छ ।
विद्यार्थीहरुलाई हरेक क्षेत्रमा क्षमतावान बनाउने, उनीहरु भित्रको क्षमतालाई उजागर गर्दै प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको विद्यालयका प्रिन्सिपल पि.के. संकरालिंघमले बताउनुभयो । उहाँले भन्नुभयो, दिल्ली पब्लिक स्कुलको शैक्षिक गुणस्तरमा कसैले आशंका गर्न सक्दैन । समय र परिस्थिति अनुसार विद्यार्थीहरुलाई बाह्य गतिविधिमा समेत सहभागी गराउनुपर्छ भनेरै यस प्रकारको महोत्सव गर्न लागिएको प्रिन्सिपल
संकरालिंघमले प्रष्ट पार्नुभयो । पौष ७ र ८ गते दुई दिनसम्म चल्ने उक्त महोत्सवमा अध्ययनरत विद्यार्थीहरुले प्रतिष्ठानका प्राध्यापक, डाक्टर, धरानका बरिष्ठ विजनेश म्यानेजमेन्ट, बरिष्ठ
प्रहरी लगायतहरुसँग सम्बन्धित विषयमा अन्तरक्र्रिया समेत गर्नेछन् ।
दिल्ली पब्लिक स्कुलमा हाल १२ सय छात्रछात्राहरु अध्ययनरत रहेका
छन् । प्रिन्सिपल पि.के.शंरालिंघम भन्नुहुन्छ, यस विद्यालयमा धरानको अलावा इटहरी, विराटनगर, इनरुवा, जनकपुर, राजविराज, पोखरा, काठमाण्डौ लगायतका स्थानका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विराटनगरसम्मको विद्यार्थीहरुलाई विद्यालय बसबाटै प्रत्येक दिन ल्याउने लैजाने गरिएको छ भने टाढाका विद्यार्थीहरु स्कुलकै सुविधा सम्पन्न होस्टलमा बस्ने गरेका छन् । विहीबार शुरु भएर शुक्रबार सम्पन्न हुने स्वर संगीत, प्राज्ञिक र साँस्कृतिक महोत्सवमा धरान लगायत यस क्षेत्रका १० उत्कृष्ट विद्यालयहरुलाई समेत अनुभव आदानप्रदानका लागि आमन्त्रण गरिएको प्रिन्सिपल शंकरालिंघमले बताउनुभयो । त्यस्ता विद्यालयहरुमा धरान ४ स्थित
रहेको युरेका आवासीय उच्च मावि,
धरान ९ स्थित रहेको विष्णु मेमोरियल उच्च मावि, धरान १८ स्थित रहेको कार्मेल हाइस्कुल, धरान १६ स्थित रहेको सिओन इन्टरनेशनल एकडेमी, इटहरीस्थित रहेको एस.ओ.एस. बालाग्राम, विराटनगरस्थित रहेको डिपिए र डिपिएस छन् । कार्यक्रममा सहभागिता जनाउने प्रत्येक विद्यालयबाट ६ जना विद्यार्थी र एक जना शिक्षक वा शिक्षिकाले आफ्नो विद्यार्थीको प्रतिनिधित्व गर्ने दिल्ली पब्लिक स्कुल स्रोतले जनाएको छ ।
महोत्सवमा विद्यार्थीहरुका अभिभावक, प्राज्ञिक समुदायका व्यक्तिहरु, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दाश, सञ्चालक समितिका अन्य सदस्यहरुको समेत उपस्थिति रहने प्रिन्सिपल पि.के. शंकरालिंघमले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया