कृषि बजारमा खसी बोकाको विक्री बढ्यो

गोविन्द बस्नेत
धरान/ विजयादशमी नजिकिदै जाँदा धरान १३ स्थित रहेको कृषि उपज बजार स्थलमा खसीको व्यापारमा वृद्धि भएको छ ।
व्यापार बढेसंगै कालो बजारीले पश्रय समेत पाएको छ । सो स्थानमा पूर्वी  पहाडी जिल्ला धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा, उदयपुर, खोटाङबाट
आयात हुने खसी बोका नेपालका प्रमुख बजार लगायत भारतका विभिन्न स्थानमा निर्यात हुने गरेको छ । अन्य बेलामा समेत खसीको व्यापार हुने गरे पनि विशेष गरी दशै तिहारको  मुखमा भने व्यापार बढ्ने गरेको छ । व्यापार बढेसंगै दलालहरुको चलखेल समेत ह्वात्तै बढेने गरेको छ । दलाल बढेसंगै कृषक तथा उपभोक्ताहरु भने ठगिने गरे पनि सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिन सकेको छैन ।
खसी दलालहरुले एक स्थानबाट ल्याएको खसी बोका तीनजनालाई सम्म बेच्ने गरेको पाइएको छ । कृषकलाई खसी र बोकाको भाउ कम भएको भन्दै खरिद गरेर ल्याउने र उपभोक्तालाई त्यसको डबल भाउ दरमा बेच्ने गरे पनि अनुगमन गर्ने निकायको त्यस स्थानमा आखा पुग्न सकेको छैन । त्यहा कृषकले बेच्न ल्याएको
खसी बोकाको तौल अन्दाजीको
भरमा कायम गर्ने अनौठो प्रक्रिया यस खसी बजारमा रहेको छ ।  किसानले ल्याएको खसी दलालहरुले अड्कलकै
भरमा भनेको भरमा विक्री वितरण हुदा कृषकहरु ठगिने तथा विक्री गर्दा बढी देखाएर बेच्ने र पछि तौल गर्दा नपुग्ने भएपछि ठगिने क्रम बढेको स्वम् कृषक तथा दलालहरुले  स्वीकारेका छन् ।
हाल धरानमा खसी प्रतिकेजी ६ सय रुपैयाका दरले विक्री हुने गरेको छ । अन्य दिन खसीबोकाको कारोबार न्यून भपनि भदौको दोस्रो हप्तादेखि भने कारोबारमा  वृद्धि हुने कृषि बजार उपजले जानकारी दिएको छ । बजारको तथ्यांक अनुसार आर्थिक बर्ष ०६९/०७० मा ३ सय ४९ मेट्रिक टन खसी तथा बोकाको व्यापार भएको थियो । जस अन्तर्गत १० क्रोड ६० लाख ८८ हजार ५ सय ४० रुपैयाको कारोबार भएको थियो भने यस बर्षको भदौको दोस्रो सातासम्म ५सय ५६ मेट्रिक टन  खसी बोकाको कारोबार भइसकेको र यसवापत १९ क्रोड ४९ लाख ५० हजार कारोबार भइसकेको छ । विगत बर्षको तुलनामा यस बर्ष ५ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
विक्रीसंगै दलालहरुको सक्रियता बढेको समेत कृषि उपज बजार सञ्चालक समितिका व्यवस्थापक लक्ष्मण भट्राईले जानकारी दिनुभयो । उहाले कृषक र उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले कृषकलाई बस्ने आवास, खसी बाख्रा बान्ने स्थानलगायतका पूर्वाधार समेत तयार गरे पनि कृषकहरु ठगिने क्रम नरोकिएको बताउनुभयो ।
उहाले हरियो सागसब्जी कृषकले ल्याएको दिन विक्रिी वितरण नहुदा होलसेलवालाहरुलाई कमिशनमा बेच्नका लागि छोडेर गए पनि खसी बोकाका लागि त्यस्तो सुविधा नभएकै कारण दलालहरुले कृषकको बाध्यताको फाइदा उठाउने गर्छ भने उपभोक्तालाई  बढी मूल्य लिएर ठग्ने गरेपनि त्यसको न्यूनिक्रण भने बजारले गर्न नसकेको बताउनुभयो । सब्जीको होलसेल गोदामजस्तै खसी बोकाका लागि पनि होलसेल पसल खोल्ने योजना कृषि बजारले चाडै ल्याउन पहल गरिरकेको समेत उहाको भनाई छ । उहाले कृषका लागि खसी बाख्रा राख्ने घर, कृषि बस्ने स्थान, पानी, बत्ती तथा शौचालयको व्यवस्था गरिदिए पनि ठगिने क्रम भने नघटेको बताउनुभयो । अहिले बजारले २५ रुपैयामा  नै कृषकहरुलाई २५ रुपया देखि १ सय ५० रुपया तिरेर सुविधा सम्पन्न स्थानमा बस्ने व्यवस्था  गर्नुका साथै घरबाटै वेडसहित आएको भए एउटा कोठाको १० रुपैया मात्र लिने गरेको व्यवस्थापक भट्टराइको भनाई
छ ।
विगतमा यो सुविधा नहुदा
व्यापारीहरुलाई असुविधा हुने गरे पनि आवास लगायतका सम्पूर्ण सेवाहरुको व्यवस्था भएपछि भने दुई तीन दिन अगाडिदेखि नै खरीदका लागि आउने गरेको व्यवस्थापक भट्टराइको भनाई छ ।

तपाईको प्रतिक्रिया