इटहरी/पूर्वाञ्चलकै पहिलो र सबैभन्दा ठूलो डिपार्टमेन्ट स्टोर गोरखा डिपार्टमेन्ट स्टोर ‘गोरखा’ ले मोरङ्गको विराटचौकामा नयाा शाखा खोलेको छ । स्टोरले पूर्वञ्चलका मुख्य र तिब्र गतिले विस्तार हुादै गरेका शहरहरु झापाको दमक, मोरङ्गको पथरी र धरानमा समेत चााडै नै शाखा विस्तारलाई तिब्रता दिएको छ ।
मोरङको विराटचौक उत्तरतर्फ महेन्द्र राजमार्गसागै चार तले भवनको भदौ १८ गते बुधबार औपचारिक रुपमा पहिलो शाखाको समुद्घाटन एस.ओ.एस.बालाग्राम इटहरीका निर्देशक रमेश ताम्राकार र गोरखाका सञ्चालक बलराम आचार्यले संयुक्त रुपमा समुदघाटन गर्नुभयो । नव घोषित कोशी हरैचा नगरपालिकाभित्र पर्ने विराटचौकको गोरखा उद्घाटन अगाडि डिपार्टमेन्ट स्टोरका तीनसय भन्दा बढी
कर्मचारीले खुसियाली र्याली निकालेका थिए । सो अवसरमा स्टोरका सञ्चालक आचार्यले कर्मचारीहरुको इमान्दारिताकै कारण गोरखा डिपार्टमेन्ट स्टोरले नयाा शाखा विस्तार गरेको सञ्चालक आचार्यले बताउनुभयो । चाडपर्वमा
राजमार्ग उत्तर केराबारी, लेटाङ, जााते, दक्षिणी भेक शनिश्चरे, जहदा, रमाइलो, रंगेली सम्मका उपभोक्ताहरुलाई किनमेल सहज होस् भन्ने हेतुले शाखा विस्तार गरिएको आचार्यको कथन थियो ।
झण्डै चार महिना अगाडिमात्र बनिबनाउ भवनको संरचनालाई आकर्षक ढंगले सजावट थालिएको र बुधबारदेखि सञ्चालनमा ल्याएको स्टोरको सबै तला एकैसाथ सञ्चालनमा आएका छन् ।
प्रारम्भमा ५० जना कर्मचारीले ग्राहकहरुलाई सेवा दिएको र उपभोक्ताको चाप अनुसार कर्मचारी संख्या बढाइादै लगिने सञ्चालकको कथन छ । उपभोक्ताको चाप अनुसार कर्मचारी संख्या बढाइदै लगिने सञ्चालकको कथन छ । स्टोरमा बकरी आइटम (जुन गोरखा डिपार्टमेन्ट स्टोरको आफ्नै उत्पादन समेत हो), लत्ता, कपडा,उपहार समाग्री, घरायासी तथा भान्साका सामाग्रीहरु विक्रीका लागि
राखिएका छन् । आजभन्दा १६ बर्ष अगाडि पूर्वाञ्चलका उपभोक्ताहरु आफूलाई चाहिने सामाग्री खरिद गर्न धेरै ठाउामा
भौतारिन्थे । तर गोरखा डिपार्टमेन्ट सञ्चालनमा आएपछि पूर्वाञ्चलका उपभोक्तामा किनमेलको बानीमा परिवर्तन आएको छ । आफूले चाहेको र आफूले खोजेको सम्पूर्ण सामानहरु एउटै छतमुनि फिक्स मूल्यमा पाइन थालेपछि गोरखाप्रतिको उपभोक्ताको क्रेज बढेको हो । विगतका दिनमा गोरखा डिपार्टमेन्ट स्टोरमा सामान खरिद गर्नका लागि उच्च तथा सम्भ्रान्त वर्गका मानिसहरु मात्र जान्छन् भन्ने भ्रम थियो । तर यो भ्रम विस्तारै हट्दै गएको छ । रिक्सा चालकदेखि दैनिक ज्यालादारी, मजदुरी गर्ने, उच्च सरकारी ओहदा, उच्चकुलीन वर्गहरुसमेत गोरखामा सामान खरिद गर्दै गरेका भेटिन्छन् ।
हाल गोरखा डिपार्टमेन्ट स्टोरको नयाा शाखामा दैनिक ५ हजारको हाराहारीमा उपभोक्ताहरु सामान खरिद गर्न आउने गरेको सञ्चालक आचार्यले जानकारी दिनुभयो । यो एउटा राम्रो लक्षण हो । नयाा शाखामा यतिबेला ६० हजार भन्दा बढी सामानहरु राखिएका छन् । उद्घाटनका अवसरमा नव घोषित कोशी हरैचा नगरपालिकामा कार्यकारी अधिकृत खेमराज खनाल, कोशी, कोशी हरैचा उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष वान्तवाले गोरखाको थप शाखाको सफलताको शुभकामना दिनुभएको थियो भने कार्यक्रममा पूर्वा पृतना मुख्यालय प्रमुख, सशस्त्र प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी विनोद शर्मा, स्थानीय उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
त्र
