गणेश शर्मा
नेपाली राजनीतिमा पशुपतिनाथलाई छाडेर अरु कसैको कुरा हुन्छ भने त्यो हो, बीपी कोरालाको । अहिले पनि उहााकै नाम बेचेर काम चलिरहेको छ धेरैको, चाहे त्यो उहााले स्थापना गर्नुभएको नेपाली कााग्रेस होस् वा विपक्षी पार्टी नै किन नहुन् । अन्तर्राष्ट्रियस्तरमा नेपालले देखाउन लायक कुनै राजनेता छ भने त्यो बीपी नै हो ।
महात्वमा गान्धीको कुरा छोडौ । भारतमा पनि उहााजस्तो ‘भिजन’ भएको नेता भेटेको छैन । यो त नेपालको दुर्भाग्य † ५० बर्ष अगाडिको भिजन राखेर हिाड्ने मान्छेलाई त्यहााको राजशाही र सामन्तवादी सोच भएकाहरुले शासन गर्न दिएनन् । क्या गजबको ‘कन्भिन्सिङ पावर’ थियो उहााको । उहााजस्तो बोल्ने शैली न नेपालका नेतामा थियो, न भारतकै । अहिले
भारतका नरेन्द्र मोदीले बीपीजस्तै केही छााट देखाउदै छन् ।
भारतीय कााग्रेस मुलत: राजा महाराजाबाट बनेको पार्टी हो । त्यसैले नेपालमा प्रजातन्त्र बहाली गर्ने कुरामा बीपीलाई कहिल्यै साथ दिएन । भारतमा राष्ट्रिय स्तरमा आन्दोलन गर्न सक्ने हैसियत त जवाहरलाल नेहरुसाग थियो, न इन्दिरा गान्धीसाग । त्यो सामथ्र्य जयप्रकाश नारायणले
राख्थे, गरे पनि । अहिले पनि भारतीय राजनीतिमा न नेताहरुले बनाएका मान्छे सत्ताको केन्द्रमा छन्, न त इन्दिराले । तर, जयप्रकाशले तयार पारेका मान्छे जताततै छन् ।
समाजवादी चिन्तक राममनोहर लोहियाजस्ता विद्वानसाग बीपीको उठबस थियो । बीपी अन्तर्राष्ट्रिय जगतले मानेका नेता हुनुहुन्थ्यो । त्यसैले भारतबाट
राजनीति गरेको भए पनि पधानमन्त्री बन्न सक्ने हैसियत राख्नुहुन्थ्यो । तर, देश सानो होस् वा ठूलो, भातृभूमि भनेको मातृभूमि नै हो । त्यसैले भारतमा
राजनीतिको अवसर हुादा हुादै उहाा नेपाल जानुभयो, त्यहाा पहिलो राणा, त्यसपछि दरबार अन्त्यमा भारतबाट पनि पेलानमा पर्नुभयो । तर पनि उहााले रत्तिभर कसैसाग रिस–राग राख्नुभएन । अनवरत प्रजातन्त्रका लागि लडिरहनुभयो ।
बीपीसाग मेरो पहिलो भेट ०२७ सालमा सारथनामा भएको थियो । त्यतिबेला उहाा नेपालबाट निर्वासित भएर भारत आइसक्नु भएको थियो । पहिलो भेटमै उहााले आफूसाग एउटै डाइनिङ टेबलमा खाना खान प्रस्ताव गर्नुभयो । नेपाली दौरा–सुरुवाल चिट्टिक्क पर्नुभएको बीपीको आकर्षण गजब थियो । खाइरहेको बेला उहााले कुटनीतिक कुरा गर्नुभयो, ‘तिम्रो अनुहार हेरेर थाहा भइसक्यो, असल मान्छे छौ भनेर । गिरिजाले भनेका काम गर्नु । तर गरेको काम नभन्नु ।’
मैले ०११ सालदेखि गिरिजाबाबुसाग काम गरो । जहाज अपहरणमा मात्र होइन, नेपाली कााग्रेसले गरेका थुप्रै
अपरेशनमा गिरिजाबाबुको गाडी नै हााके । बीपी र गिरिजाबाबुमा आकाश जमिनको फरक थियो । गिरिजाबाबु पूरै ‘डिस्ट्रक्टिभ माइन्ड’ को मान्छे, उपयोग गरेर मान्छे छाडिदिने । तर बीपी त्यसको ठ्याक्कै उल्टो । एकपल्ट भेटेको मान्छे, चाहे त्यो आन्दोलनमा कामै नलाग्ने किन नहोस्, बिर्सदै नबिर्सिने ।
बीपी नेपालमा जेल परेका बेला भारतमा दुई दिग्गज समाजवादी नेता जेपी, र लोहिया फुटे । सम्भवत: उहाा बाहिर हुनुभएको भए समन्वयकारी भूमिका खेल्न सक्नुहुन्थ्यो । किनभने, त्यो गुण बीपीमा प्रचुर थियो । ०१५ सालको निर्वाचन लड्दा उहाालाई
युवराज सिंह ‘मालाकार’, लखनलाल कपुरलगायतका थुप्रै भारतीय सहयोग गरेका थिए । बीपीको विषयमा दरबारले सधै एउटै हत्तकण्डा अपनायो, फुटाउ र राज गर । यसै कारण मातृका प्रसाद कोइराला तीनपल्ट प्रधानमन्त्री
हुनुभयो ।
जयप्रकाश नारायणको ‘सम्पूर्ण क्रान्ति’ ताका बीपीसाग पुन: पट्नामा भेट्ने अवसर जुर्यो । त्यतिबेला उहाा निकै खटिनु भएको थियो । विमान
अपहरण काण्डमा म, शुशील कोइराला, चक्र वास्तोला, रामबहादुर श्रेष्ठ, हरि सिंह (ड्राइभर), मनोहरि बराल र गोविन्द पोखरेल पूर्णिया जेलमा थियौा । त्यतिबेला हामीलाई हेर्न बीपी, गणेशमान सिंह, गिरिजाबबु र नोना कोइराला आउनुभयो ।
जनमतसंग्रहभन्दा अगाडि म काठमाण्डौ पनि गएा । त्यतिबेला विमान अपहरणका कारण टिकट हुादा हुादै पनि मलगायत विनोद अर्याल र वसन्त
भट्टराईलाई स्थानीय प्रहरीले पटनाबाट काठमाण्डौ उठ्न रोक लगायो । पछि सर्जु मिश्रा, जो त्यतिबेला सांसद हुुनुहुन्थ्यो, लाई भनेर उड्यौा । म सुन्धरास्थित विपीन लजमा बस्थो । त्यतिबेला बीपीले भन्नुभएको थियो, ‘धेरै नघुम्नु अहिले संकट छ ।’ उहााले कुनै विदेशी पत्रकारले अन्तर्वार्ता लिन खोज्यो भने नदिन पनि भन्नुभएको थियो ।
मैले भारतमा जति इज्जत कमाएको छु, त्यो सबै बीपीको देन हो । उहााको क्षमता नै अद्भूत थियो, कम बोल्ने तर चोटिलो बोल्ने । अनि, सहयोगी बानी
पनि ।
(विमान अपहरण काण्डका सहयोगी)
