समाजको सह–सचविमा गोविन्द मैनाली

धरान÷विराटनगरमा शनिवार सम्पन्न सुनसरी–मोरङ मैनाली समाजको प्रथम भेलाले धरानका गोविन्द मैनालीलाई सह–सचिवमा सर्वसम्मतले चयन गरेको छ ।
स्थानीय बालिका उच्च माविमा सम्पन्न भेलाले अध्यक्षमा सदानन्द मैनाली, उपाध्यक्षमा भानुभक्त मैनाली, सचिवमा जीवन मैनाली, कोषाध्यषमा लक्ष्मी मैनालीलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा शारदा मैनाली,
रणधर मैनाली, कल्पना मैनाली, कमलाबाबु मैनाली र यम मैनालीलाई चयन गरेको छ ।
मैनाली समाजको प्रथम भेलाका प्रमुख अतिथि झापाका रामप्रसाद मैनालीले वर्तमान अवस्थामा मैनालीहरुलाई एकत्रित गराउन आवश्यक
रहेकोले भेलाको आयोजना सँगै आगामी दिनमा समाजको हित र उत्थनमा मैनालीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया