धरान÷ बालबालिका भविष्यका कर्णाधार हुन् । उनीहरुलाई अहिलेदेखि नै राष्टूसेवा भावको जागृत गराउन सकियो भने भविष्यमा देश निर्माणमा ठूलो बल मिल्ने गर्दछ । यसलैलाई मध्यनजर गरी नेपाली सेनाको राष्ट्रिय सेवा दलले कक्षा ७ देखी माथि अध्ययनरत १४ देखी १८ वर्ष उमेर समुहका बिद्यार्थीहरुलाई विभिन्न प्रशिक्षण दिन सुरु गरेको छ । देश भरका ४ हजार बिद्यार्थीहरुले नेपाली सेनाले विभिन्न विधामा प्रशिक्षण
दिइरहेको छ । पहिलो चरणमा आफ्नै विद्यालयमा प्रशिक्षण लिएका विद्यार्थीहरु यतिवेला मोरङको याङ्सिला क्याप, वाकेको कोहलपुर र नवलपरासिको हात्तिखोर स्थित नेपाली सेनाको क्यापमा प्रक्षिण लिइरहेका छन् । ।
विभिन्न जिल्लावाट छनौटमा परेका बिद्यार्थीलाई नेपाली सेनाले देश निर्माण कार्यमा सक्रिय भूमिका निभाउनको लागि सचेत, सामथ्र्यवान, जिम्मेवार र सच्चा नागरिक तयार गर्न नेपाली सेनाले प्रशिक्षण सुरु गरेको हो । वि.सं. २०२२ सालमा स्थापना भएको राष्टिूय सेवा दलले स्थापनाकाल देखि नै राष्ट्रिय सेवा दलले अनुशासन, नेतृत्व, भ्रातृत्व, राष्टिूय एकताको भावना, आत्म विश्वास एवं निस्स्वार्थ सेवा भाव रहेको युवा जनशक्तिको विकास गर्ने उद्येश्यका साथमा नेपाली सेनाको सहकार्यमा यस्तो प्रशिक्षण दिदै आएको छ । प्राकृतिक विपद्को समयमा उद्धारमा सहयोग पुर्याउने हेतुले बिद्यार्थीहरुलाइे यो प्रशिक्षण सुरु गरिएको हो । प्रशिक्षणले े सकारात्मक सोच को विकास गराएको तथा देशका लागी केही गरौ भन्ने भाव जगाएको प्रशिक्षणमा सहभागी विद्यार्थीहरुको भनाई छ । प्रशिक्षण सगै आफुहरुमा देश प्रेम बढेको तथा
राष्ट्रका लागी केही गर्नूपर्छ भन्ने भावना जागृत भएको उनिहरुको भनाई छ ।
प्रशिक्षणले विद्याथीहरुमा अनुसासन सगै उनीहरुको व्यवाहारमा समेत परिवर्तन भएको खोटाङका शिक्षक इश्वर राईले वताउनुभयो । सकारात्मक सोचको विकास भएको वताउदै विद्यार्थीहरुका लागी यस्ता प्रशिक्षण आवश्यक रहेको उहाको भनाई छ ।
प्रशिक्षण रहेको बिद्याथीहरुलाई विपद् व्यवस्थापन अन्र्तगत नेपालमा घट्ने बिभिन्न किसिमका बिपद् , विपद्को अवस्थामा स्वयंसेवकको भुमिका तथा कर्तव्यका बारेमा जानकारी गराइने गरेको छ । पांचै विकास क्षेत्र अन्तर्गतका जिल्लाहरु अवस्थित माध्यमिक, उच्च माध्यमिक तथा विश्वविद्यालय तहका छात्रछात्राहरुलाई भर्ना लिई सकारात्मक गुणहरुको विकास गरी देश निर्माण कार्यमा सक्रिय भूमिका निभाउनको लागि सचेत, सामथ्र्यवान, जिम्मेवार र सच्चा नागरिक तयार गर्ने उद्येश्यले उनिहरुलाई प्रशिक्षण दिइरहेको याङसिला क्यापमा सञ्चालन भइरहेको प्रशिक्षणका प्रमुख मेजर आदित्य कार्कीको भनाई छ । उनीहरुलाई अनूशासन , नेतृत्व विकास , वफादारिता , राष्ट्रिय एकता सगै प्राकृतिक प्रकोपको बारेमा सम्बन्धित क्षेत्रका विज्ञ वाट प्रशिक्षण दिइने मेजर कार्कीले वताउनु भयो ।
प्रशिक्षण कुल १०० दिनको तालिम प्याकेज रहने तथा ७९ दिन स्कूलमै विशेषमा संस्थागत तालिम दिईने र २१ दिने सामूहिक वार्षिक क्याम्प संचालन गरि उनिहरुलाई प्रशिक्षित गरेको उहाले जानकारी दिनु भयो । प्रशिक्षण अवधिमा उनिहरुलाई जिल्लाका सामाजिक, धार्मिक, सांस्कृतिक, भौगोलिक स्वरुप, भाषा, भेषभूषा आदिको अलावा स्कूलको पठन पाठनको तरिका तथा स्कूलमा संचालन गरिने अतिरिक्त क्रियाकलाप सम्बन्धमा एक आपसमा विचारको आदान प्रदान समेत गराइने गरेको मेजर कार्कीले वताउनुभयो । उनिहरुलाई एरोविक्स, तेक्वाण्डोसगै मास पि.टी. गराइने तथा सैनिक ज्ञान समेत गराइने गरेको छ । यस्ता प्रशिक्षणले युवाहरुमा देश प्रेम संगै आपसी भाइचारको विकास समेत गराउनेमा दुईमत नहोला ।
