पर्यटक लोभ्याउन जंगल सफारी

धरान÷धरानमा आन्तरिक तथा वाह्य पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएपनि पर्यटकलाई आकर्षित गर्ने कुनै पनि कार्यक्रम नहुदा छोटो समयमै पर्यटकहरु फर्किने गरेका छन् । यसैलाइ मध्य नजर गरी धरानमा र्यटकको बसाई लम्ब्याउने योजनाका साथ जंगल सफारी शुरु हुने भएको छ । धरानेदेिख चार कोशे झाडी हुदै कोशी टप्पु वन्य जन्तु आरक्ष सम्मको लागी एक दिने प्याकेजमा जंगल सफारी सुरु हुन लागेको हो ।
चितवनको सौराहमा मात्र सिमित जंगल सफारी अव धरानमा पनि सुरु हुने भएको छ । धरानमा रहेको चारकोशे झाडी हुदै कोशी टप्पु वन्य जन्तु आरक्ष सम्मको जंगल सफारी सगै आरक्षमा पुगेर हात्ति सफारी समेत गर्ने योजनामा धरानमा पाच बर्षदेखि पर्यटन प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेको सेछ टूाझल्सले ल्याएको छ । पुर्वमा पहिलो पटक सुरु हुन लागेको यो अभियानले धरानमा आन्तरिक तथा वाह्य पर्यकट आगामनमा वृद्धि हुने अपेक्षा गरिएको छ । धरानलाई गन्तव्य स्थल बनाएर पर्यटकहरु आउने गरे पनि त्यस्तो कुनै नया प्याकेज नभएकै कारण पर्यटकको बसाई छोटिने गरेको बताउदै सेक्ष टूाभल्सका सञ्चालक एवम् धरानको पर्यटनमा लामो समयदेखि काम गर्दै आउनु भएका बासु बरालले पर्यटकलाई आकर्षित गर्न यस्तो योजना ल्याएको बताउनुभयो ।
सेक्षले तयार गरेको प्याकेजअनुसार धरान दक्षिणको चारकोसे जंगलमा ठुलो फायरलाईन र अर्को धरान १९ को हरियाली वन समुहबाट टूयाक शुरु गर्ने र यात्रा धरान १७ स्थित कुम्भीआहालबाट भरौल गाविस निस्कने उहाले बताउनुभयो । जंगज सफर अन्तर्गत भौलबाट महेन्दनगर, प्रकाशपुर हुदै कोशीटप्पु वन्यजन्तु आरक्षमा पुग्ते र आरक्षमा हात्ती सफारीसगै नजिकै रहेको होमस्टेको अवलोकन समेत गराईने उहाको भनाई छ ।
प्याकेजअन्र्तगत नै पर्यटकहरुले कोशी नदीमा बोटिङको मजा लिदै लगिन भएकोले यो प्याकेज अन्तर्गत एक जनालाई मात्र २ हजार ५ सय रुपैया लिने उहाले बताउनुभयो । कोशी टप्पुमा विभिन्न प्रजातिका चरा सगै अर्नाको समेत अवलोकन गर्न पाइने उहाले जनाकारी दिनु भयो । जंगल सफारीको लागि ७ जना क्षमताको गाडी तयार गरेको गरिएको छ ।
पुर्वको सुन्दर नगरी को रुपमा रहेको धरानमा प्रसस्तै पर्यटक आउने गरेको भएपनि एक दिन भन्दा वढि नबस्ने गरेको कारण आफुहरुले जंगल सफारी को योजना ल्याएको सेछ की प्रवन्ध निर्देशक समेत रहेकी प्राध्यापक एलिना मगरले वताउनुभयो ।
यसले फस्टाउदै गएको पर्यटन व्यवसाय समेत गति लिने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् । धरानमा पर्यटन भित्र्याउन साहसिक खेल प्याराग्लाइडिङको व्यवसायिक शुरुवातसंगै यसले पनि पर्यटन व्यवसायमा थप एक इटा थपनि अपेक्षा धरानबासीले समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया