काठमाण्डौ÷ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र र संघीयताजस्ता प्रमुख राजनीतिक उपलब्धी गुम्न सक्ने
खतरा औंल्याएका छन् ।
उनले गणतन्त्र र संघीयताविरुद्ध प्रतिगामी शक्ति र परिस्थितिको बाध्यतामा परेर ती एजेण्डा स्वीकार गरेकाहरु मिलेर परिवर्तन खोस्न कस्सिएको दाबी गरे । पछिल्लो समय सीमांकन परिवर्तनको विरोधमा बुटवललगायत स्थानमा भएका आन्दोलनलाई उनले परिवर्तन उल्ट्याउने षड्यन्त्रको संज्ञा दिए । संसारभरका प्रतिक्रियावादी र परिवर्तनविरोधी शक्तिको उक्त आन्दोलनमा साथ र समर्थन रहेको आरोप उनले लगाए ।
प्रचण्डले परिवर्तन छिन्न खोज्ने शक्तिविरुद्ध प्रतिकारमा उत्रनसमेत कार्यकर्तालाई निर्देशन दिए । ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धी खोस्न प्रतिगामी शक्तिले टाउको उठाउन थालेको छ’, माओवादी केन्द्रको प्रदेश नम्बर–३ को भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार राजधानीमा सम्बोधन गर्दै उनले भने, ‘हामी माओवादीले प्रतिकार नगर्ने हो भने उपलब्धीजति सबै जान्छ, धेरै समय लाग्दैन ।’
प्रचण्डले संसारभर दक्षिणपन्थी हावा चलेको चर्चा गर्दै नेपाली राजनीति पनि सोही प्रवृत्तिको शिकार भएको बताए । माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य पुष्प लामिछानेका अनुसार प्रचण्डले प्रमुख सत्तारुढ घटक काँग्रेस र विपक्षी एमालेको एउटा हिस्ता गणतन्त्र गए पनि जाओस् भन्ने पक्षमा रहेको बताए ।
‘बाध्यताले गणतन्त्रमा आएका काँग्रेस र एमालेको एउटा पंक्ति गणतन्त्र र संघीयता गए पनि हामीलाई केही फरक पर्दैन भन्न थालेको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै लामिछानेले भने, ‘यो जाँदा उनीहरुलाई केही फरक पनि पर्दैन, फरक पर्ने हामीलाई मात्र हो ।’ प्रचण्डले गणतन्त्र र संघीयता आफूहरुले लडेर ल्याएको एजेण्डा भएको दाबी गर्दै त्यसलाई जोगाउन पनि माओवादी नै अग्रसर हुनुपर्ने बताएका थिए ।
लामिछानेका अनुसार प्रचण्डले परिवर्तन धरापमा पर्ने संकेत देखेपछि आफूले मिल्न बाँकी रहेका माओवादी धारका दलहरुसँग समेत एकताका लागि वार्ता थालेको जानकारी कार्यकर्तालाई दिएका थिए । तर,
त्यसबारे उनले थप चर्चा नगरेको लामिछानेले बताए ।
त्र
