धरान÷नेपाल विद्युत प्राधिकरण
धरान शाखाले विद्युत चोरी नियन्त्रणलाई अगाडि बढाएर कानुन बमोजिम कारबाही थालेको छ ।
स्थानीय स्तरमा राजनैतिक पहुँच, गुण्डागर्दीको आडमा विद्युत चोरी प्रकरण बढेसँगै त्यसलाई नियन्त्रण गर्न प्राधिकरणले एउटा छुट्टै टोली नै बनाएर परिचालन गदैै आइरहेको छ ।
टोलीले गत हप्तामात्र
बराहक्षेत्र गाविस वडा नं. ५
खारखोला उत्तरको बस्तीबाट हुक लगाई विद्युत चोरी गरी विभिन्न विद्युतीय सामाग्री सञ्चालन गर्दै आएको अवस्थामा त्यस्ता सामाग्री जफत गरेको छ । प्रहरीको सहयोगमा प्राधिकरणको टोलीले त्यसरी बरामद गरेका विद्युतीय सामाग्रीहरुमा ३ थान फ्रिज, आधा दर्जन सिलिङ्ग पंखा, स्टेण्ड पंखा, टिभी,
राईस कुकुर, डिसहोम प्यानल, चार्जर लाइट, चारसय मिटरभन्दा बढी तार आदि रहेका छन् ।
नेपाल विद्युत प्राधिकरण धरान शाखाका प्रमुख खिलनाथ अर्यालका अनुसार हुक लगाई विधुत चोरी गर्ने दर्जनौलाई हामीले कारबाही गरी
जरिवाना गरिसकेका छौं । यसका लागि एउटा छुट्टै टोली बनाएर चोरी नियन्त्रणमा सक्रिय गराएका छौं । विधिवत ढंगले घरमा विद्युत मिटर जडान गर्न हामीले ग्राकहरुलाई बाम्बार आग्रह गरेका छौं । अझै पनि हुक लगाई विद्युत चोरी गर्ने प्रवृत्ति हँटेको छैन । केही दिन अगाडि पट्नाली क्षेत्रमा त्यसैगरी हुक लगाएर चोरी गरेको अवस्थामा म स्वयम् जाँदा चोरीमा संलग्नहरुले घेराउ समेत गरे प्रमुख अर्यालले भन्नुभयो । उहाँका अनुसार बजार क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा विद्युत चोरीका घट्ना ज्यादा हुने गरेको छ । यसै सम्न्धम विद्युत
चोरी नियन्त्रणमा सहभागी टोलीका एक सदस्य प्रवीण कार्कीका अनुसार खारखोला उत्तरको बस्तीमा घरमा विद्युतीय
उपकरण प्रयोजनका अलावा कखुरा पाल्न, गाईगोठमा, सिँचाई गर्न समेत विद्युत चोरेको पाइयो ।
