बिहे गरिसकेपछि हनिमुनमा जानका लागि यदि पैसाको बन्दोबस्त हुन सकेन भने के होला ? धेरैजसो जोडीहरुले हनिमुनको कार्यक्रम नै स्थगित गरिदेलान् । कतिपयले उधारो पैसा लिएर घुम्न जालान् । तर एकजना बेहुलीले भने हनिमुन जाने पैसा जुटाउनका लागि अनौठो उपाय अपनाएकी छिन् ।
हालैका दिनहरुमा सोसल मिडियामा एउटा भिडियो भाइरल बनिरहेको छ । उक्त घटना चीनको उत्तरी प्रान्तको हो । जहाँ दुलहीमा बिहेमा आएका पाहुनाहरुबाट अनौठो काम गराइरहेकी छिन् ।
भिडियोमा बेहुलीले पाहुनाहरुसँग आफ्नो बक्षस्थल समाउन आग्रह गर्छिन् र छोएबापत पैसा असूल्छिन् । उनले हनिमुनका लागि पैसा जुटाउन यस्तो जुक्ति लगाएकी हुन् । बिहेपछि गज्जब हनिमुन डेस्टिनेसनमा जानका लागि उनले यसरी धन जुटाइरहेकी हुन् ।
यसरी बेहुलीको वक्षस्थल समात्नेमा केवल पुरुषहरु मात्र
छैनन् । महिलाहरु पनि दुलहीलाई समाउनका लागि लाइनमा खडा भएका छन् । अर्कोतर्फ बिहेमा आएका पाहुनाहरु ताली ठोकिरहेका छन् । बेहुलीले आफ्नो वक्षस्थल समाउने पाहुनाहरुलाई आफ्नो छातिमा टाँस्छिन् र पैसा असुल्छिन् ।
यद्यपि ती महिला को हुन् भन्ने बारेमा जानकारी प्राप्त भएको छैन । कतिपयले त ती युवती दुलही नभएर पैसा असूल्ने जुक्ति निकालेकी कुनै युवती भएको सोसल मिडियामा टिप्पणी गरेका छन् ।
