धरान÷ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र
रहेको रक्त सञ्चार केन्द्रमा रगत अभाव भएको छ ।
अभावसंगै प्रतिष्ठानमा उपचारमा आएका विरामीहरु प्रभावित बनेका छन् । दैनिक ५० देखि सय पिन्ट विभिन्न ग्रुपका रगत चाहिने भएपनि केही ए पोजेटिव र एवी पोजेटिव ग्रुपका रगतको पूर्ण अभाव
रहेको छ भने भएका अन्य ग्रपका रगतहरु समेत थोरै मात्रामा रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको मातहतमा रहेको केन्द्रमा रगत अभाव देखिएलगत्तै विश्वकर्मा युवा समाजले प्रतिष्ठानमा उपचारमा आएका
विरामीहरुलाई केही सहज होस् भन्ने उद्देश्यले सोमबार धरान २ रत्नरोडमा केन्द्रसँंग सहकार्य गरेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा ४५ पिन्ट
रगत संकलन भएको छ । यहाँ संकलन भएको रगत सबै सामबारै विरामीलाई प्रयोग गरिएको रक्तसञ्चार केन्द्रमा कार्यरत कर्मचारीहरुले बताएका छन् ।
अहिले यस केन्द्रमा ए पोजेटिव र एवी पोटेजिव रगत शून्य रहेको छ भने ओ पोजेटिव र बी पोजेटिव रगत पनि १५ देखि २० पोका मात्र रहेकोले विरामीहरुलाई आपत्तकालीन अवस्था आउन सक्ने अवस्थामा विश्वकर्मा सेवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रमबाट केही राहत मिल्ने रक्तसञ्चार केन्द्रका कर्मचारी मनि लिम्बुले बताउनुभयो ।
विश्वकर्मा युवाहरुलाई सामाजिक कार्यप्रति आकर्षित गर्ने उद्देश्यले गठन भएको यो संस्थाले विगतमा समेत चरम रगत अभावको समयमा रक्तदान कार्यक्रमको आयोजना गरेर धेरैको ज्यान बचाएको थियो । गतसालको महाभूकम्पका समयमा घाइतेहरुको उपचारमा रगतको अभाव देखिएपछि केन्द्रसंग सहकार्य गरेर साउन २ गते समेत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सो बेला समेत समाजले ७१ पिन्ट रगत संकलन गर्न सफल भएको थियो । आफ्नो समुदायका पिछडिएका व्यक्ति तथा परिवारको आर्थिक, सामाजिक तथा शिक्षा र रोजगारमा सहयोग पु¥याउदै आएको यो समाजले संकट परेको समयमा रक्तदान कार्यक्रम समेत गर्दै आइरहेको विश्वकर्मा युवा समाजकाका अध्यक्ष युवराज शंकरले जानकारी दिनुभयो ।
युवा समाजको कार्यप्रति धरानका क्षेत्रका व्यक्तिहरु प्रभावित भई उनीहरुको कार्यको प्रशंसा समेत गरेका छन् ।
त्र
