प्रदेशको राजधानी धरान नै उपयुक्तः राज्यमन्त्री गुरुङ

धरान, ÷ नेपाली कांग्रेसका नेता तथा स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङले प्रदेश नं. १ को राजधानी धरान नै उपयुक्त भएकाले धरानलाई प्रादेशिक राजधानी बनाउनुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति संघ सुनसरीले शनिवार आयोजना गरेको संविधान संशोधन र आदिवासी जनजाति सवाल विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यस्तो बताएका हुन । उनले धराने जनताको चाहना बमोजिम एयरपोर्ट र वाइपास
राजमार्गका लागि समेत सक्दो पहल गर्ने प्रतिवद्धता जनाउंदै जारी गरिएको संविधानको अन्तरवस्तुप्रति आदिवासी जनजाति, मधेशी लगायत उत्पीडित समुदायले असन्तुष्टिहरुलाई न्यायोचित सम्बोधन गर्न हालै पेश गरिएको संविधान संशोधन विधेयकलाई सबैले अवसरको रुपमा लिएर सबै तहको निर्वाचन गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र पहिचान कायम हुनुपर्ने तथा लक्षित वर्ग तथा सम्बन्धित आयोगहरुका बारेमा स्पष्ट हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा कांग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सागर प्रसाई, आदिवासी जनजाति समन्वय समिति सुनसरीका उपाध्यक्ष संदिप श्रेष्ठ, नेपाल आदिवासी जनजाति संघ सुनसरीका निवर्तमान सचिव प्रेमकुमार राई लगायतले मन्तव्य राखेका थिए ।
संघका जिल्ला सभापति नन्दराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव मंजिल कसजुले गरेका थिए ।
कार्यक्रममा महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्यद्धय चन्द्रशेखर लामा, गोविन्द बस्नेत, नेविसंघ केन्द्रीय सदस्य ममता राई, पूर्व जिल्ला सहसचिव विकास आचार्य, पूर्व महाधिवेशन प्रतिनिधि मिना पुलामी लगायत पार्टीका वडा, नगर, क्षेत्र, जिल्ला, तरुण दल, नेविसंघ, जनजाति संघ लगायतका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
त्र

तपाईको प्रतिक्रिया