धरान÷ बुढासुब्बा प्याराग्लाईडिङ नेपाल प्रालिले सोमबारदेखी धरानमा व्यवसायी उडान शुरु गरेको छ । साहसिक खेल पर्यटन अन्र्तगत
प्याराग्लाइडिङको धरानमा व्यावसायिक शुरुवात गर्ने दोस्रो कम्पनी हो ।
बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले धरानमा व्यावसायिकरुपमा प्याराग्लाइडिङ गर्न सरकार तथा नागरिक उड्यान प्राधिकरणबाट सबै प्रक्रिया पुरा गरी अनुमति लिए पछि सोमबारदेखि व्यवसायीक रुपमा उडान शुरु गरेको हो । व्यावसायिकरुपमा ५ जना टेण्डम पाईलट राखि दैनिक १६ उडान भर्ने गरि व्यवसाय शुरु गरेको प्रालिका अध्यक्ष लेखमणि जिमीले बताउनुभयो । सोमबार एक कार्यक्रमको आयोजना गरि धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद कोइरालाले पाइलट देशविर जिमीलाई ग्लाइडर हस्तान्तरण गरी व्यवसायीक उडानको उदघाटन गर्नुभएको थियो । प्रालिले धरान २४ स्थित रमिते डाँडाबाट टेकअफ गर्नेछ भने ल्याण्डिङस्थल धरान १७ सर्दु किनारमा गरेको छ । गत चैतमा माउण्टेन स्पोर्ट्स फेण्टिवल अन्र्तगतको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिप पनि सोही स्थानमा भएको थियो । उद्घाटन अवसरमा २७, २८ र २९ गते बिशेष सहुलियतमा पर्यटकहरुलाई ४ हजार ९ सय ९९ मा उडाउने छ भने त्यसपछि उडान शुल्क ५ हजर ५ सय र थप १३ प्रतिशत भ्याट जोडिने प्रालिका मार्केटिङ डाइरेक्टर राम राईले बताउनुभयो ।
