प्रा.डा बलभद्रप्रसाद दाश । यो नामसँग अपरिचित स्वास्थ्य सेवासँग परिचित सायदै होलान् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति । प्रतिष्ठान स्थापना कालदेखि नै विभिन्न पदीय जिम्मेवारीलाई कुशलतापूर्वक सम्हाल्नु भएका दाश हाल पाँचबर्षे उपकुलपतिको जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ । अर्थात आगामी पौष २० गते उहाँको पाँचबर्षे कार्यकाल समाप्त हुँदैछ । पाँच बर्ष अगाडि आर्थिक रुपमा धरासायी बनेको प्रतिष्ठानलाई आर्थिक रुपमा सवल र मजवुत बनाउदै शैक्षिक तथा अनुसन्धान, प्रशासनिक र अस्पताल सेवामा सुधार गर्न उपकुलपति प्रा.डा. दाश सफल हुनु भएको छ । विगतमा शिक्षक जनशक्तिको अभाव झेलेको प्रतिष्ठानले फ्याकल्टी डेभलोपमेन्ट प्रोग्राम अन्तरर्गत
भारत सरकारको सहयोगमा भारतका विभिन्न शैक्षिक संस्थाहरुमा शिक्षक जनशक्तिको विकासका लागि चिकित्सकहरुलाई विभिन्न विद्याहरुमा अध्ययनको लागि पढाई हाल २ सय ५२ जना शिक्षकहरु पु¥याउन प्रा.डा. उपकुलपति दाश सफल हुनु भएको छ । पाँच बर्ष अगाडि १ सय ७६ जना शिक्षकहरु रहेको प्रतिष्ठानमा उनीहरुका लागि चाहिने सेवा, सुविधा पर्याप्त नहुँदा कतिपय शिक्षकहरुले प्रतिष्ठान नै छाडेर हिडेको तीतो यथार्थ आज प्रतिष्ठानमा छैन । हाल २ सय ५२ जना शिक्षकहरु प्रतिष्ठानमा विरामी उपचार, पठनपाठन र अनुसन्धानात्मक कार्यमा संलग्न रहेका छन् ।
उपकुलपतिको पद रिक्त हुने भएपछि उक्त पदका लागि यतिबेला प्रतिष्ठानका आधा दर्जन चिकित्सकहरु दौडमा देखिएका छन् । कर्मचारीहरु प्रतिष्ठानलाई अझ सक्षम, सवल, आर्थिक रुपमा सक्षम र सुधारका लागि पुनः प्राडा दाशलाई नै उपकुलपति बनाउनुपर्ने बताउँछन् । आजको अवस्थामा प्रतिष्ठानलाई ल्याउन, प्रतिष्ठानलाई राम्ररी बुझेका, बाह्य स्रोत जुटाउन सक्षम र सरकारी स्रोत समेत जुटाउन सक्ने खुबी दशामा मात्र भएको कर्मचारीहरुको मात्र नभएर अन्य पदाधिकारीहरुको समेत कथन छ । यसपटक हामीले पाँचबर्षे कार्यकाल पूरा गर्न लाग्नु भएका दशसँग उहाँको कार्यकालमा भएका कार्यहरु, थप सेवा विस्तारमा उहाँका योजनाहरु आदि विषयमा केन्दित रहेर वार्ता गरेका छौं । प्रस्तुत छन्, दाशसँग धरान साप्ताहिकले गरेका वार्ताका सारसंक्षेप ः
द्धआगामी पौष २० गते उपकुलपतिमा तपाईको पाँचबर्षे कार्यकाल पूरा हुँदैछ । तपाई पुनः उपकुलपतिको दौडमा हुनुहुन्छ कि ?
–म दौडमा छैन । तर पाँच बर्षको अवधिमा मैले गरेको कार्यको मुल्यांकन गरेर पुनः मलाई जिम्मेवारी दियो भने त्यसलाई इन्कार पनि गर्दिनँ । दयनीय अवस्थामा पुगेको प्रतिष्ठानलाई पाँच बर्षको अवधिमा कुन रुपमा पु¥याएँ त्यो सबैैका सामु छर्लङ्ग छ ।
द्धपाँच बर्षे कार्यकालमा तपाईले प्रतिष्ठानमा के के सुधार गर्नुभयो ?
–मैले आफ्नो कार्यकालमा जहिल्यै पनि तीन वटा कुरामा आफूलाई कन्द्रित गरेँ । पहिलो शैक्षिक तथा अनुसन्धानतर्फ, दोस्रो अस्पतालको सेवा विस्तारतर्फ र तेस्रो आर्थिक तथा प्रशासनतर्फ ।
द्धयो अवधिमा शैक्षिक तथा अनुसन्धानतर्फ के के कामहरु भए त ?
–यो अवधिमा धेरै उल्लेखनीय कामहरु भएका छन् । शिक्षक, विशेषज्ञ चिकित्सक र विद्यार्थीहरुलाई आकर्षित गर्न, प्रतिष्ठानलाई आत्मभिर्नर, स्वावलम्बी बनाउन चुनौतिको रुपमा रहेको म्ः र ः।ऋज् को अध्ययन, अति विशिष्ट सेवा ९क्गउभच क्उभअष्बष्तिथ क्भचखष्अभ० शुरु गरें । विद्यार्थीहरुलाई शैक्षिक सत्र ढिलो नहोस् भन्नका लागि प्रतिष्ठानको शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन र
परीक्षा समयमै गराउने गरेको छु । मंसिर १९ गतेदेखि एमसिएच र डिएमको पहिलो व्याचको परीक्षा शुरु भएको छ । यो अत्यन्तै खुशीको कुरा हो । प्रतिष्ठानमा उपचारको शिलसिलामा आउने विरामीहरुलाई मात्र नभएर देशको दुर्गम, विकट क्षेत्रमा बसोबास गर्ने जनताहर्रु समेत स्वास्थ्य सेवाबाट लाभान्वित हुन सकोस् भन्ने उद्देश्यबाट न्भलबखब ग्लष्खभचकष्तथ ज्यकउष्तब ि९ज्ग्न्० स्वीजरल्याण्डको सहकार्यमा टेलिमेडिसिन सेवाको थालनी गरें । प्रतिष्ठानमा भ(ीष्दचबचथ सेवा सञ्चालन गरे । यो सेवाको थालनी अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप प्रतिष्ठानको पुस्तकालयको स्तरोन्नति भएको र भ(ीष्दचबचथ एयचतब िको माध्यमद्वारा विश्वका सैयौ प्रकाशकरुका हजारौ ःभमष्अब िव्यगचलबकि तथा च्भ क्यगचअभक सहज एवम् सरल पहुँच हुन गई शिक्षक तथा विद्यार्थीहरुको अध्ययन अध्यापन र अनुसन्धान कार्यमा ठूलो सहयोग पुग्ने अपेक्षा मैले गरेको छु । साथै सोही एयचतब िद्वारा डिजिटल ल्याइब्रेरी समेत सञ्चालनमा ल्याउन डिजिटल क्षेत्रमा अगाडि बढाउने कार्य प्रारम्भ भएको छ ।
द्धशैक्षिक तथा अनुसन्धानको क्षेत्रमा अरु के के भएका छन् ?
–अनुसन्धान कार्यलाई शिक्षकहरुको वृत्ति विकासको एउटा पूर्व शर्तको रुपमा राखिएकोले प्रतिष्ठानमा अनुन्धान संस्कारको राम्रो विकास भएको छ । नियमित रुपमा अनुसन्धान समितिको निर्णयबाट अनुसन्धान कार्यलाई सुचारु रुपले सञ्चालन गर्न आफ्ना शिक्षक तथा विद्यार्थीहरुलाई प्रोत्साहन गदैपर्् आएको छु । प्रतिष्ठानमा हुने सम्पूर्ण अनुसन्धान कार्य गुणात्मक र उपयोगी होस् भन्ने हेतुले च्भकभबचअज ऋयmmष्ततभभरक्ष्लकतष्तगतष्यलब िच्भखष्भध अयmmष्ततभभ ९क्ष्च्ऋ० ले च्ष्खष्भध गरी स्विकृति प्रदान गरेपछि मात्र रिसर्च गरिने भएकोले यहाँबाट हुने अनुसन्धानहरु गुणस्तर र उपयोगी रहेको र संख्याको दृष्टिले प्रतिष्ठानले सबैभन्दा बढी कृति प्रकाशन गर्न सफल भएको छ । यसका अलावा प्रतिष्ठानमा रहेको ज्भबतिज एचयाभककष्यल भमगअबतष्यल मभउबचतmभलत ९ज्एभ्म्० मार्फत प्रतिष्ठानको शिक्षा विधिको निरन्तर सुधारका लागि विभिन्न प्रकारका कार्यशाला गोष्ठी, शिक्षक तालिमलाई प्रोत्साहन गरेको छु । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सस्थाहरुसँग अध्ययन, अनुसन्धान तथा उपचार सेवामा पारस्परिक सहयोग सम्बन्धकी सम्झौता ःयmयचबलमगm या गलमभचकतबलमष्लन गरेको छु । जस्तै जापानको त्यततयचष् ग्लष्खभचकष्तथ, अस्ट्रेलियाको न्थबलभअययिनष्अब िअबलअभच बलम च्यथब िज्यकउष्तब िायच ध्यmभल तथा भारतको ःबलष्उब िग्लष्खभचकष्तथ र प्भि ग्लष्खभचकष्तथ सँग ःयग गरेको छु । भारत सरकारलाई आग्रह गरेर ःयmयचबलमगm या गलमभचकतबलमष्लन को समयावधि पाँच बढाएर २००१७ सम्म थप गराएको, भारतीय दुतावासलाई आग्रह गरेर विद्यार्थी कक्षा कोठाको निर्माण गरें । त्यस भन्दा अगाडि विद्यार्थीहरु अडिटोरियम हलमा बसेर पढ्न बाध्य थिए , शिक्षकहरुको वृत्ति विकास एवम् सेवा सुविधामा बर्षेनी बृद्धि गरी उनीहरुलाई प्रतिष्ठानमै रही कार्य गर्न आकर्षित गराएको छु ।
द्धअनि अस्पतालतर्फचाहिँ के के कामहरु भएका छन् त ?
–मेरो पाँचबर्षे कार्यकालमा अस्पतालतर्फ उल्लेखनीय कार्यहरु भएका छन् । अस्पतालको सेवा विस्तारको क्रममा आफ्नो छुट्टै ब्लड बैंक स्थापना, सर्जिकल आइसिसियु, पेडियाट्रिक्स इमरजेन्सी, वार्ड, एन्टीनेटल वार्डको विस्तार, प्रोस्थोडोन्टिक्स तथा इम्प्लान्ट ल्यावको स्थापना भएको छ । जसले गुण्स्तरीय सेवा र अध्ययन, अध्यापनको कार्य गरिरहेको छ । प्रतिष्ठनको सुपर स्पेसियालिटी सेवा तर्फ ऋबचमष्यियिनथ, ऋबचमष्यतजयचबकष् कगचनभचथ, ल्भगचयकगचनभचथ, ग्चययिनथ, एगmियलययिनथ, न्बकतचयभलतभचययिनथ, न्ष्कगचबनथ, ल्भयलबतययिनथ सेवा शुरु गर्न आवश्यक पूर्वाधार विस्तार तथा जनशक्ति वृद्धितर्फ क्रमिक रुपमा समय सापेक्ष कार्ययोजना तर्जुमा तथा कार्यान्वयन गरेको छु । यस्तै २०७२ साउन १८ गते तत्कालीन प्रधानमन्त्री स्व. सुशिल कोइरालाबाट नेपाल सरकारबाट सहयोग प्राप्त ४ सय सैøयाको ःबतभचलष्तथ बलम अजष्मि ज्भतिज ऋभलतचभ को शिलान्यासपछि काम शुरु भएको छ । दुई सय बेडको ऋबचमष्ययिनथ ऋभलतचभ र दुईसय वेडको इलअययिनथ ऋभलतचभ को निर्माण कार्य चाडै नै शुरु हुँदैछ । यो काम गर्न मैले धेरै मेहनत गरेको छु । सरकारका हरेक निकायमा पुगेर गुहार मागेको छु । नेपाल सरकारको स्वास्थ्य नीति अनुरुप स्वास्थ्य संस्था आफैले औषधि पसल सञ्चालन गर्नुपर्ने प्रावधान अनुरुप प्रतिष्ठानले औषधि पसलका लागि भवन तथा आवश्यक कार्यको थालनी गरिसकेको छ । विशेषज्ञ तथा अति विशेषज्ञ सेवाहरु अन्तर्गत बहिरंग तथा अन्तरंग सेवा अन्तर्गत विशेष गरी विभिन्न क्लिनिकल विभागहरुबाट विभिन्न क्लिनिकल, सल्य चिकित्सा, क्याथ ल्याव न्युरो सर्जरी, युरो सर्जरी, कार्डियो थेरासिक, सर्जरी, सर्जिकल आइसिसियु तथा दन्त सम्बन्धी विभिन्न विशेषज्ञ सेवाहरु यही पाँच बर्षको अवधिमा शुरु भएका छन् । हाल प्रतिष्ठानमा मोडुलर ओटीको स्थापनाका लागि मैले प्रक्रिया शुरु गरिसकेको छु । उपकुलपति वहाल हुँदाको समयमा प्रतिष्ठनमा उपचारार्थ आउने विामीको संख्या सरदर दैनिक १२ सय थियो भने हाल संख्या वृद्धि भएर २ हजार दैनिक पुगेको छ । कुनैपनि विरामीले पैसाको अभावमा स्वास्थ्योपचारबाट बञ्चित हुन नपरोस भनेर प्रतिष्ठानको नीति अनुरुप असहाय तथा विपन्न विरामीहरुको लागि अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको छु, । त्यस्ता विरामीहरुलाई निःशुल्क खानाको समेत यवस्था मिलाएको छु । कार्यरत शिक्षक, कर्मचारी तथा तिनका आश्रित परिवारका सदस्य, ठेक्का अन्तर्गतका
सुरक्षाकर्मी, सफाई कामदार, विद्युत सेवा अन्तर्गतका कर्मचारी र विद्यार्थीहरुलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रतिष्ठानबाट मेरै पालामा स्वास्थ्य कल्याण योजना सञ्चालन गरिएको छ । आर्थिक अवस्था कमजोर भई अति विपन्न अवस्थामा रहेका नेपाली नागरिकलाई मुटु, क्यान्सर,मृगौला, अल्जाइमर्स तथा पार्किन्सस रोगको उचारमा राहत प्रदान गर्न नेपाल सरकारद्वारा लागू गरिएको कार्य प्रतिष्ठानले सञ्चालनमा ल्याएको छ । जेष्ठ नागरिकहरु (६० बर्षभन्दा माथिका) को सुविधाको लागि रेरियाट्रिक उपचार सेवा सञ्चालन, द्वन्द्व पीडित तथा अपांगहरुको लागि प्रतिष्ठानमा च्भजबदष्ष्तिबतयष्ल ऋभलतचभ को स्थापना गरी सञ्चालनमा ल्याइएको छु ।
द्धआर्थिक, प्रशासनिकतर्फ तपाईका कार्यकालमा के के कामहरु भए त ?
–मैले अगाडि पनि भने विद्यार्थीहरुको लागि पर्याप्त कक्षा कोठाहरु र ल्याव नभएको कारण अध्ययन, अध्यापनमा कठिनाई भइरहेको थियो । भारत सरकारसँग आग्रह गरेर एउटा मेडिकल कलेज भवन ९ब्अबमझष्अ द्ययिअप० निर्मार्ण भई हाल कक्षा सञ्चालनमा रहेको छ । पाँच बर्षको अवधिमा प्रतिष्ठानमा थप एन् ज्यकतभ,ि २९ कोठाको अत्याधुनिक गेष्ठ हाउस, शिक्षकहरुको लागि आवासीय भवन ९ ब् तथउभ ७ भ्(तथउभ० को निर्माण भएको छ । प्रतिष्ठानको आर्थिक स्थिति ज्यादै कमजोर अवस्थामा प्रतिष्ठान सञ्चालनमा विविध कठिनाई रहेकोमा प्रतिष्ठानको यस्तो ऋणात्मक आर्थिक अवस्थालाई विस्तारै विस्तारै सुधार गरी आर्थिक क्रियाकलापमा मितव्यायिता अपनाई आर्थिक अवस्था सुदृढ बनाउन सफल भएको छु । म उपकुलपति नियुक्ति भई वहाल हुँदा प्रतिष्ठनमा सञ्जयकोष, नागरिक लगानी कोष, कर, आपूर्तिकर्ता तथा ठेकेदारहरुलाई भुक्तानी दिनुपर्ने रकम ४६ करोड थियो । हाल उक्त सम्पूर्ण रकम चुक्ता गरिसकेको र प्रतिष्ठानले कुनै भुक्तानी दिनुपर्ने दायित्व छैन । शिक्षक, कर्मचारी,पेन्सन, उपदान कोषमा १० करोड मुद्धति खातामा जम्मा गरेको रकम पनि ऋण लिएको अवस्था
रहेकोमा हाल उक्त १० करोड ऋण चुक्ता गरी करिब १६ करोड ३६ लाख रकम जम्मा गरिएको छ । यसैगरी राष्ट्रसेवकको तलबमा नेपाल सरकारले वृद्धि गर्दा प्रतिष्ठानमा पनि शिक्षक, कर्मचारीहरुलाई तलब वृद्धि गर्नुपर्ने तर प्रतिष्ठानको आर्थिक अवस्था आदिलाई विचार गरेर मात्र तलब वृद्धि गर्नुपर्ने परिस्थितिले शिक्षक तथा
कर्मचारीको मनोबलमा सदैव असर पर्ने अवस्थाको दिगो र स्थायी समाधानको लागि सञ्चालक परिषद्बाट उच्चस्तरीय तलवमान आयोग गठन गराई दीगो र स्थायी नीति अवलम्बन गराएको छु । प्रतिष्ठानलाई स्वालम्बी र आत्मनिर्भर बनाउन आर्थिक मितव्यायिता र
पारदर्शिताको नीति अंगाली आय व्ययको विवरण सार्वजनिकगर्ने गरिएको, खरिद, निर्माण सम्बन्धी कार्य अनलाईन टेन्डरको माधयमबाट गर्न थालिएको छ ।
द्धतपाईको कार्यकालमा प्रतिष्ठानमा यत्तिका धेरै कार्यहरु भए । यद्यपि तपाईको योजनामा अधुरो रहेको कार्यचाहिँ के रहयो त ?
–मेरा धेरै योजनाहरु छन् । केही पूरा गरेँ, केही चल्दैछन् र केहीचाहिँ अधुरै रहयो । मोरङको हरैचास्थित रहेको सुवर्ण फर्मस्युटिकल मैले यो कार्यकालमा सञ्चालनमा ल्याउन सकिनँ । सञ्चालनमा ल्यान धेरै कोसिस गरें ।
द्धसञ्चालनमा ल्याउन नसक्नुको मुख्य कारण के थियो ?
–त्यो कस्तो छ भने बीपी र प्राइभेट सेक्टर मिलेर सञ्चालन गर्ने भनिएको
हो । प्राइभेट सेक्टरबाट केही व्यक्तिको त्यसमा सेयर छ । आधा आधा सेयर भएकोले उहाँहरु अगाडि आउनुपर्ने थियो तर आउनु भएन । कस्ट्रक्सनको कामदेखि लिएर धेरै कुरा क्लियर थिएन । त्यसलाई क्लियर गरें । सञ्चालनका लागि बैंकसँग लनका लागि गएँ तर बैंकले लन दिएन । यत्रो बर्ष बन्द भएको प्रोजेक्टलाई कसरी लन दिने, डुब्ने त हैन भनेर बंैंकले लन दिन डरायो ।
द्धप्रोपर्टी हेरेर पनि त लन दिनुपर्ने हो नि, हैन र ?
–बैंकले लन दिँदा त्यो कति भायवल छ, त्यो हेर्छ । बीपीको मात्र भए बीपीको नाममा मात्र बैंकले लोन दिन तयार छ । त्यहाँ बीपीको मात्र प्रोपर्टी छैन । त्यही भएर लोन सेन्सन भएन । पहिला बीपीको पनि आर्थिक अवस्था राम्रो थिएन । मैले अरु सेयर धनीलाई कि त छोड्नुस कि त लगानी गर्नुस् भने । तपाईहरुको सेयर
बराबरको पैसा हामी दिन्छौं भने । पहिला उहाँहरु मान्नु भयो पछि फेरि छोड्नु तयार हुनु भएन । त्यसैले त्यो काम अधुरै
रहयो । अर्कोतर्फ छातौकमा पुरानो हस्पिटल भएको जग्गा जुन जग्गा स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानलाई हस्तान्तरण
गरिसकेको छ तर नामसारी भएको छैन । नामसारीको लागि मैले पहल गरिरहेको छु । पहिला क्याविनेट डिसिजन पनि भइसकेको थियो तर त्यो कागजात फेला परेन । पुनः खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा क्याविनेटमा लैजान्छु भन्नुभयो तर सरकारै परिवर्तन भयो । कानुनी रुपमा त्यो जगग्गा बीपीको हो । मेरो सोच त्यहाँ डिपार्टमेन्टल स्टोर बनाउनु भन्दा प्रतिष्ठान स्वस्थ्य संस्था भएकोले ४÷५ सय वेडको हस्पिटल बनाउँदा राम्रो हुन्छ । मेरो सोच पनि यही हो । आज स्वास्थ्यको लागि मानिस जति पनि पैसा खर्च गर्न तयार छन् । त्यहाँ प्रतिष्ठानकै शिक्षक, कर्मचारी चिकित्सकबाट सेवा दिने गरी हस्पिटल सञ्चालन गर्दा प्रतिष्ठनको आम्दानी पनि बढ्छ । त्यो आम्दानीले यहाँ गरिब असहायको निःशुल्क उपचार गर्न सकिन्छ । यो मेरो अत्यन्तै वेष्ट ड्रिम हो ।
द्धतपाइको यति राम्रो सोच छ भोलि अर्को मान्छे तपाईको ठाउँमा आयो भने काम नहुने नै भयो हैन र ?
–म भए पनि नभएपनि आउने मान्छेले गर्नुपर्छ यदि प्रतिष्ठानको आम्दानी बढाएर सस्टेन
गराउने हो भने । सरकारले दिएन भने प्रतिष्ठानले बैंकबाट लन लिएर पनि काम गर्नुपर्छ । त्यहाँ अगाडि सटर बनाइदिँदा प्रतिष्ठानलाई थप आम्दानी हुन्छ ।
द्धप्रतिष्ठानमा अहिले सुधार गर्नुपर्ने अरु के के छ त ?
–रेडियोलोजीलाई विस्तार गर्नुपर्ने छ ।
रेडियोलोजी विस्तार हुन नसकेकोमा म अत्यन्तै दुःखी छु ।
द्धयत्रो प्रतिष्ठानमा रेडियोलोजी कमजोर हुँदा अधिकांश विरामीहरु बाहिर जान बाध्य छन् । यस्तो अवस्था कसरी आयो ?
–रेडियोलोजी कमजोर हुनुको प्रमुख कारण विभाग सम्वेदनशील र जिम्मेवारी नभएर नै हो । मैले धेरैपटक खुल्ला रुपमा, सार्वजनिक रुपमा पनि भने रेडियोलोजीलाई विस्तार गर्नुस् । प्रतिष्ठान पैसा दिन तयार छ । कहाँबाट स्रोत जुटाउनुपर्छ यो मेरो जिम्मा भयो । तर विभाग नै इन्ट्रेस्ट गर्दैन ।
द्धइन्टे«ष्ट नगर्नुको कारण के होला ?
–नगर्नुपर्ने कारण सोच नै नकरात्मक भएर
हो । यो उपकुलपतिले रेडियोलोजी विस्तार गर्दा यसको नाम अझै चर्चित हुन्छ भन्ने भयो कि ? हुन त यी व्यक्तिहरु शुरुदेखि नै उपकुलपतिको दौडमा दौडिएका छन् । दौडमा जाँदा प्रतिष्पर्धी सम्झेर उसको बेलामा किन गर्ने हाम्रै बेलामा गर्छौ भन्ने सोच होला । जब संस्था दिन तयार छ विभाग लिन तयार छैन । यसको मुख्य अरु कारण के हुन सक्छ उहाँहरुलाई सोध्न सक्नु हुन्छ । उपकुलपतिले जरबजस्ती प्रेसरराइज ग¥यो भने भोलि तपाईहरु नै लेख्नुहुन्छ उपकुलपतिले कमिशनको खेलमा प्रेसर दियो भनेर । हाम्रो सोच नै नेगेटिव भयो । कारबाही ग¥यो भने पोलिटिकल प्रेसराइज आउँछ किन कारबाही गरेको भनेर । गरिएन भने नालायक भन्छन् । वास्तवमा भन्ने हो भने केही विभागबाट मैले काम गर्न कहिल्यै सपोर्ट पाइनँ ।
द्धविभागीय प्रमुखहरु परिवर्तन गर्न सकिदैन ?
–सकिन्छ । मैले मेरै पालामा त्यसको व्यवस्था गरिसकेको छु । सिनेटले पास गरिसकेको छ । सिनियरमत्र भनेर हुँदैन । सबैले मैका पाउनुपर्छ । विभागीय प्रमुखहरु अब रोटेसनमा जान्छन् ।
द्धअरु केही छ कि ?
–ये देशको यो प्रतिष्ठान एउटा सम्पत्ति हो । म भिसी रहुँला नरहुँला यो देशको जनताले यो संस्था बचाउनुपर्छ । यो संस्था बिग्रियो भने इँतिहासले पनि धिकार्ने छ । खास गरी यो भेगका जनताका लागि यो अत्यन्तै महत्वपूर्ण छ । मैले पनि यही इलाज गरुँला, यही मरुँला । आउने पीढिले पनि यही इलाज गर्छन् । संस्था बचाउन म आफ्नो तर्फबाट जे पनि गर्न तयार छु । सस्थामा मेरो प्रत्यक्ष लगानी छ । ५ बर्ष अस्पताल प्रमुख ५ बर्ष भिसी, त्यसभन्दा पहिला प्रोफेसर आदि भएर काम गरें । मैले धेरै लगानी गरेको छु । धेरै योगदान दिएको
छु । धेरै मान्छेले हातखुट्टा समाएर संस्थालाई यहाँसम्म ल्याएको छु । यसलाई विगार्न म उपकुलपति भए पनि नभएपनि दिन्नँ ।
