विराटनगरमा अम्वेष्डकरको जन्म जयन्ति मनाइयो

विराटनगर÷संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भारतको संविधान निर्माता डा. बाबा आम्बेष्डरको जन्म जययन्तिका अवसरमा मर्मस्पर्शी वृत्त चित्र प्रदर्शन गरिएको छ ।
भारतीय राजदुतावास क्याम्प अफिस विराटनगरले संविधान दिवसकै अवसर पारेर अम्बेष्डकरको १ सय २५ औं जन्म जयन्तिका अवसरमा उक्त वृत्तचित्र प्रदर्शन
गरेको हो ।
वृत्तचित्रमा डा. बाबा अम्वेष्डरको जन्म, बाल्यकाल, शिक्षा आर्जन, संविधान निर्माणमा उहाँले गर्नुभएको दिन रातको अथक परिश्रम, एउटा अछुत जात भएकै कारण उहाँले व्यहोर्नु
परेको सामाजिक विभेद, सामाजिक विभेदका सम्बन्धमा उहाँले गरेका संघर्ष आदिलाई मार्मिक ढंगले समेटिएको
छ । यसका अलावा विभिन्न समयमा भारत सरकारबाट दिइएको उच्च जिम्मेवारी कुशलतापूर्वक गरेको निर्वाह, उहाँले संकलन गरेका विश्वका विख्यात पुस्तकहरुको लाइब्रेरी, उहाँलाई नजिकबाट चिनेका र उहाँका बारेमा गहिरो जानकारी राख्नेहरुको अभिमत आदिले वृत्तचित्रलाई थप रोचक बनाएको थियो ।
आज भारतको सविधानले त्यहाँका नागरिकहरुलाई सामाजिक न्याय, आर्थिक समृद्धि, राजनीतिक स्वतन्त्रता, हरेक क्षेत्रमा समान अवसर, तिब गतिमा मुलुकको आर्थिक उन्नतिलाई सार्थक बनाएको छ । भारतीय राजदुतावास क्याम्प अफिस विराटनगरका प्रमुख पि.के.चालिया, द्वितीय सचिव सरवजित सिंह लगायत पदाधिकारीको उपस्थितिमा विराटनगरको नमस्ते होटलमा आयोजित कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता, उद्योगपति, सञ्चारकर्मी, सामाजिक अभियन्ता, वकिलहरुको सो अवसरमा उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया