धरान÷माफिया, भ्रष्ट, अराजक समूहको निर्देशनमा चलेको सरकारबाट हरेक क्षेत्र आज अराजक बन्दै गएको छ । सरकार आफैले सुधारका प्रक्रिया अगाडि बढाउनु पर्नेमा मेडिकल शिक्षामा माफियातन्त्रको अन्त्य र सुधारको माग गर्दै १८ औं दिनदेखि ११ औं पटक
आमरण अनसनमा बसेका बरिष्ठ प्राध्यापक डा. गाविन्द केसीको जीवन निकम्बा सरकार र नालायक दलहरुकै कारण असुरक्षित बन्दै गएको छ ।
प्रा.डा. गोविन्द केसीले उठाएका मागहरु आम सर्वसाधारणको हितमा
रहेको भन्दै ती माग पूरा गर्न हरेक क्षेत्रबाट चर्को आवाज उठिरहे पनि सरकार मेडिकल माफियाको लालीपपमा रमाइरहेको छ । नेपालका गरिब जनतालाई देखाएर बर्षेनी अरबौ रुपैया भिख मागेर चरम दुरुपयोग गर्दै आएको सरकार, राजनैतिक दल, तिनका सुविधाभोगी अनुयायीहरु केसीका माग पूरा गर्दा आÏनो स्रोत नै गुम्ने डरले आतंकित छ ।
विगतमा डा. केसीले उठाएका माग पूरा गर्ने भन्दै सरकारले पटक पटक सम्झौता ग¥यो । तर त्यो सबै झारा
टराइमात्र भयो । झारा टराईलाई निरन्तता दिन केदारभक्त माथेमा आयोग बनायो, विभिन्न समितिहरु बनायो तर ती सबै नाटकमात्र थिए । घाटमा बसेर मुर्दा पोल्नेलाई सहर तथा गाउँमा महामारी पैलिए पनि खुशी लगेझैँ विगत दश बर्ष भन्दा बढी समयदेखि संक्रमणकालको नाममा हरेक क्षेत्रमा लुट मच्चाउदै आएको सरकार, राजनैकि दल डा. केसीको मा पूरा गर्नेतर्पm सम्बेदनशील नदेखिनु मुलुकै लागि दुर्भाग्यपूर्ण अवस्था हो ।
यसैबीच सोमबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा धेरै विषय सहमति नजिक पुगे पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नु पर्ने मागमा सहमति जुटेन ।
सरकारी वार्ता टोलीका सदस्यहरुले यो माग सम्बोधन गर्न नसकिने बताएका छन् । ‘अन्य कुरामा सहमति जनाएपनि डा. सिंह तथा त्रिवि उपकुलपति डा. तीर्थ खनियालाई पदबाट बर्खास्त गर्ने कुरामा टुंगो नलागेपछि वार्ता विना निष्कर्ष टुंगिएको केसीका प्रतिनिधि डा. रञ्जन सापकोटाले बताए ।
सरकारी टोलीले उपकुलपति खनियाँ र डिन सिंहलाई बर्खास्त गर्न कानुनी बाटो नरहेको बताएको छ । जवाफमा आफूहरुले भने यसलाई निष्कर्षमा पु¥याउनु सरकारको दायित्व भएको बताएको सापकोटाले जानकारी दिए । डा. केसी १८ दिनदेखि आमरण अनसनमा छन् र उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको मुटुको चालमा फेरबदल हुने, मांसपेशी बाउँडिने, शरीरमा कमजोरी लगायतका समस्या देखिँदै आएको छ । तर, उपकुलपति खनियाँ र डिन सिंहलाई बर्खास्त नगरेसम्म अनसन स्थगित नगर्ने डा. केसीको अडान छ । अनसनरत प्रा.डा. केसीको स्वास्थ्य स्थिति बुझ्न स्वास्थ्य मन्त्री गगन थापा मंगलबार शिक्षण अस्पताल पुगेका थिए ।
केही दिनदेखि सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता पनि चलिरहेको छ । केसीले उठाएका मागप्रति सरकारी वार्ता टोली गम्भीर नभएकै
कारण वार्ता सफल हुन सकेको छैन ।
