५.६ म्याग्नेच्युटको भुकम्प

धरान÷सोमबार विहान ५ बजेर २० मिनेमा गएको ५.६ म्यग्नेच्युटको भुकम्पले सोलुखुम्बु, रामेछाप र कास्कीमा निक्कै क्षति पु¥याएको छ
रामेछाप र सोलुखुम्बुको सीमानालाई केन्द्र बनाएर गएको भुकम्पले सोलुखुम्बु, रामेछापमा केही घरहरु भत्किएका छन् भने कास्कीमा पनि ठूलो क्षति पु¥याएको प्रहरीले जनाएको छ । कास्कीको लेखनाथ नगरपालिका स्थित रुद्रमोहन भट्टराईको घर भुकम्पले पूणर््ा रुपले ध्वस्त बनाएको छ । यद्यपि, भुकम्पबाट के कति क्षति भएको छ भन्ने कुराको विवरण हाल संकलनकै अवथामा रहकोले पूर्ण
विवरण आइसकेको छैन ।
भुकम्पको धक्कापछि रामेछाप, सोलुखुम्बु, सिन्धुपाल्चोक, काठमाण्डौ, चितवन, कास्की लगायतका जिल्लामा ठूलो झड्का महसुस गरिएको थियो । यो भुकम्प गोरखा वारपाक केन्द्रविन्दुको पराकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले जनकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया