धरान÷धरानको सबैभन्दा पुरानो सामुदायिक विद्यालय पब्लिक हाइस्कुल हालको पब्लिक उच्च माविमा ४० वटा सिसी क्यामेरा जडान गरिएको छ ।
स्थानीय दाता, विद्यालयको आÏनै स्रोत र समानुपातिक सांसद मिनबहादुर विश्वकर्माले सांसद विकास कोषबाट प्रदान गरेको रु १ लाखबाट सिसी क्यामेरा जडान गरिएको विद्यालयका प्रधानाध्यापक इन्द्रमोहन झाले जानकारी दिनुभयो ।
वि.सं. २००३ सालमा स्थापना भएको पब्लिक उच्च माविमा जडान गरिएका सिसी क्यामेराको मंसिर १८ गते शनिवार नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एक विशेष समारोहबीच
शुभारम्भ गर्नुहुने भएको छ । प्रधानाध्यापक इन्द्रमोहन झाका अनुसार विद्यार्थीहरुमा शैक्षिक अनुशासन कायम राख्न, विद्यालयलाई आधुनिकतातिर लैजान, बाहिय गतिविधिलाई नियन्त्रण गर्न सिसी क्यामेरा जडान
गरिएको हो । अब सामुदायिक विद्यालयहरु परम्परगत रुपमा चल्न नसक्ने तर्क गर्नुहुने प्रद्यानाध्यापक झा नीजि विद्यालय सरह शैक्षिक गुणस्तर कायम राखेकै कारण आज पब्लिक उच्च माविमा विद्यार्थी संख्या अधिक रहेको बताउनुहुन्छ ।
कोठाको आकार हेरेर एउटा कोठामा दुुईवटा ४.६ मेगा फिक्सलको क्यामेरा जडान गरिएको निवर्तमान प्रद्यानाध्यापक लेखनाथ भट्टराईले जानकारी दिनुभयो । सिसी क्यामेरा कक्षा कोठाको अलावा मूलगेट, हाल पूर्व विद्यार्थीहरुले झण्डै ४ लाखको लागतमा निर्माणाधीन घण्टाघरको माथिल्लो मागमा समेत राखिने भएको छ ।
