दलहरु आफै अस्थिरता निम्त्याउदैछन्

राज्य सत्ताको बागडोर सम्हालेका नेपालका राजनीतिक दलहरुको अहंकारका कारण मुलुक दिनप्रतिदिन अस्थिरता, अराजकता, द्वन्द्वतर्फ उन्मुख भइरहेको छ । मुलुकको यो हविगत नेपालकै इतिहासमा कहिल्यै देखिएको थिएन ।
जन चाहना र जनभावना अनुरुप शासकहरु नचल्ने प्रवृत्ति केन्द्रदेखि स्थानीय स्तरसम्मै मौलाएको छ । अरबौ रुपैया खर्च गरेर बुद्धिहीन र विवेकहीनहरुलाई झण्डै ८ बर्षसम्म नेपाली जनताले पालेर ल्याएको संविधान मुर्कट्टा जस्तो बनाएर सार्वजनिक गरेको १ बर्ष नबित्दै सर्वत्र यसको आलोचना भएको छ ।
तै पनि अंग भंग तथा मुर्कट्टा संविधानलाई संसारकै उत्कृट भनेर एकातिर राजनैतिक दलहरु निर्लज्तापूर्वक फलाक्छन् भने अर्कोतर्फ कार्यान्यन गर्न नसकेर संसोधन गर्न उद्यत रहेका छन् । वितेका बर्षहरुलाई नियाल्दा मुलुकमा कुनैपनि प्रशंसायोग्य काम भएका छैनन् । भएका संरचना भत्काउनमै नालायक र निकम्बा नेताहरु तल्लिन देखिएका छन् । हरेक क्षेत्रमा विकृति फैल्याएका छन् । पछिल्लो पटक पुनः संरचनाको नाममा जुन कर्तुत दल र सरकारले गरिरहेका छन् अन्ततः त्यसले भयावह अवस्था सिर्जना गर्ने कुरामा दुईमत छैन ।
पूर्वाधारै नभएको ठाउँलाई नगरपालिका, सहजतालाई ध्यान नदिएर गाविसहरु गाँभेर गाउँपालिका, इलाका जस्ता काम जुन गरिदै छ त्यो आफैँमा उदेक लाग्दो छ । जनताको आर्थिक स्तर कसरी उकास्ने,
राज्यले उनीहरुलाई उपलब्ध गराउने शिक्षा, स्वास्थ्यको सामान्य आवश्यकता परिपूर्ति नगर्ने तर करको भार बोकाउने कार्यमात्र निन्दनीय हो । नगरपालिको घोषणा गर्दैमा, दुई चार वटा गाविस गाँभेर गाउँपालिका तथा इलाका बनाउँदैमा जनताको जीवन स्तर उक्सिदैन । आज लाखौ युवाहरु आफ्नै देशलाई थुक्दै, यस्तो घटिया देशमा के बस्नु, यो देश लुटेरा नेताहरुको मात्र हो भन्दै पलायन भइरहेका छन् । बाहिरिएका अधिकांश युवाहरु आफ्नो मुलुक फर्कन चाहदैनन् । उनीहरुले रगत पसिनाले कमाएको रेमिट्यान्स, कफनमा बेरिएर आएको लाश सँगैको रकम यिन्ले यहाँ ऐøयासी गरिरहेका छन् । तर उनीहरुको पलायनलाई रोक्नेतर्फ कुनै ठोस कदम घटिया नेताहरुले अहिलेसम्म चालेका
छैनन् ।
९५ प्रतिशत भन्दा बढी नेपाली जनता अहिले पनि राजसंस्थाप्रति आस्था राख्छन् । उनीहरु भन्छन् राजसंस्था हुँदा मुलुक यसरी अद्योगतिमा गएको थिएन । दर्जनौ ठूला ठूला उद्योगको स्थापना गरेर युवाहरुलाइ यही मुलुकमा रगत पसिना बनाउने अवसर दिएको थियो । हिमाल सिमेन्ट कारखाना, वीरगञ्ज चिनी उद्योग लगायत दर्जनौ उद्योग कौडीको भाउमा बेचेर करोडौ कमिशन खाए । उनीहरु आफू बनिए, लाखौ युवालाई बेरोजगार बनाए । अर्कोतर्फ हिजो तिनै राजाले नेपाललाई पाँच विकास क्षेत्रमा बाँडेर दुर्गम तथा पायक पर्ने स्थानमा क्षेत्रीय कार्यालय राखी विकासलाई अगाडि बढाएका थिए । उत्तर दक्षिण गरिएको क्षेत्रीय स्तरको सीमांकनले तराइदेखि हिमालसम्मको नाता जोड्ने काम भएको थियो । आज त्यसलाई भत्काउने र विगार्ने कम गरिदैँछ । नेपाली नेपलीबीचको सम्बन्धमा दरार ल्याउने कम गरिदैँछ । जसका कारण अब जनता आन्दोलनको तयारीमा लागेका छन् । अब हुने आन्दोलनले राजनैतिक दलका नेताहरुलाई बढारेर कहाँ पु¥याउँछ त्यो निकट भविष्यमै देखिने छ ।

तपाईको प्रतिक्रिया