बराहको पोखरामा समेत आफ्नै भवन

पोखरा÷ गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्टिूज प्रा.लि.ले पोखराको न्युरोडमा आफ्नै भवनबाट व्यापार शुरु गरेको छ । यस अघि पोखराकै सभागृह चौकमा रहेको भवनबाट मंसिर ३ गते देखि न्युरोड स्थित आफ्नै भवनबाट कारोबार शुरु गरेको हो ।
२२ वर्ष अघि धरानबाट सुरु भएको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि. र पोखराको गोर्खा कम्यूनिटीको संयुक्त लगानीमा स्थापित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्टिूज प्रा.लि.ले पाँचौ बर्ष पूरा गरी छैठौ बर्षमा प्रवेश गरेको अवसरमा आफ्नै भवनबाट व्यवसायको उदघाटन गरिएको छ । शाखाको नेपाल सुन, चाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन विश्वकर्मा र प्रालिकी ब्राण्ड एम्बासडर अभिनेत्री करिश्मा मानन्धरले संयुक्त रुपमा उदघाटन गर्नुभएको छ । नयाँ भवन सहितको शाखा विस्तार गर्दा करीब ८ करोड ५० लाख रुपैयामा आफ्नै
भवन खरिद गरी लगानी भएको कम्पनीले जनाएको छ । त्यसैगरी प्रालिको छैठौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्याक्रममा समाजसेवी सावित्री गुरुङलाई गोर्खाली तारा अवार्ड प्रदान गरेको छ । उहालाई वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइराला, नायिका तथा गोर्खा बराह ज्वेलरीकी ब्राण्ड एम्बेसडर करिष्मा मानन्धर लगायतले गुरुङलाई चाँदीको अवार्डसहित सम्मानपत्र र नगद ५ हजार रुपैयाँ प्रदान गर्नुभये । गुरुङले आफूले पाएको ५ हजार रुपैयाँ गोर्खा बराह ज्वेलरीद्वारा सञ्चालित छात्रावृत्ति अक्षयकोषमा सहयोग गर्नुभएको छ । वार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित प्रालिले उत्पादन गरेको सुनचाँदीका गरगहनाहरुको फेसन शो प्रस्तुत गरिएको थियो । कार्यक्रममा बराह ज्वेलरी ईण्डष्टिूज प्रालिका अध्यक्ष शिव कुमार लामिछानेले बराहलाई मुनाफा आर्जनसंगै समाजप्रति जिम्मेवार रहने प्रतिबद्धता जनाउनुभयो ।

तपाईको प्रतिक्रिया