परिवारका सबै २५ जनाको हातखुट्टामा २४ औँला

मानिसको हातखुट्टामा गरी जम्माजम्मी २० औँला हुन्छन् । तर
भारत बिहारस्थित गया जिल्लाको एक गाउँमा भने एउटा परिवारका सबै २५ जना सदस्यका २४ वटा औँला छन् ।
२५ जना सदस्य रहेको उक्त संयुक्त परिवारका सबै सदस्यहरुका हात र खुट्टामा १२।१२ वटा औँला रहेका छन् ।
परिवारका सदस्य ५० वर्षका कृष्ण चौधरी आफ्ना हरेक हातमा ६।६ वटा तथा खुट्टामा पनि ६।६ वटा औँला रहेको बताउँछन् ।
आफ्ना बुवा तथा अन्य भाइबहिनी लगायत परिवारका सबै जनाका २४।२४ वटा औँला रहेको उनले बताए । धेरै औँला हुँदा पुरुषहरुलाई त खासै गाह्रो नहुने तर घरका छोरीहरुको विवाहका लागि केटा पाउन निकै कठीन हुने कृष्ण बताउँछन् ।
कृष्णकी भाउजु सितबिया परिवारका २४ औँलालाई भगवानको आशिर्वाद मान्दछिन् । परिवारमा अन्त कतै नभएको खुबी रहेको उनको भनाई छ ।
२४ औँलालाई भगवानको आशिर्वाद भनेर चित्त बुझाउने कुरा एक ठाउँमा छ । तर यो परिवारका लागि मिल्ने चप्पल पाउनै गाह्रो हुन्छ । ६ औँला भएको खुट्टामा मिल्ने चप्पल नपाउँदा उनीहरुले आरामदायी तरिकाले चप्पल लगाउन पनि पाउँदैनन् । आफुहरु कम्पनीमै गएर आफ्ना लागि मिल्ने आरामदायी चप्पल उत्पादनका लागि अर्डर गर्ने हैसियतमा नरहेको कृष्ण बताउँछन् ।
यसरी हातखुट्टामा बढि औँला हुनुलाई पोलिडक्टाइली भनिन्छ । यो एक आनुवांशिक समस्या हो ।

तपाईको प्रतिक्रिया