विश्व हिन्दु परिषद्को नगर अधिवेशन सम्पन्न

धरान÷विश्व हिन्दु परिषद्को शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले गौरी शंखर अग्रवालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिेको छ ।
नेपाल अधिराज्यमै पहिलो पटक
धरानमा आगामी फागुन १८ गतेदेखि चैत्र ६ गतेसम्म हुन गइरहेको अद्वितीय आयोजना ‘पिण्डेश्वर अष्टादश महापुराण ज्ञान महायत्र (अठारै पुराण) को पूर्व सन्ध्यामा भएको परिषद्को नगर अधिवेशनले उपाध्यक्षमा सूर्यशेखर श्रेष्ठ, सचिवमा कुलबहादुर कार्की, सह सचिवमा ममता पौड्याल, कोााध्यक्षमा छविलाल काÏले र सदस्यहरुमा अमरप्रसाद ढकाल, कोपिला भट्टराई, निर्मला पोख्रेल, राजश्री हमाल, मैया आचार्य, दुर्गा काÏले र खेमप्रसाद भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
विशव हिन्दु परिषद् अठार पुराण राष्ट्रिय सहयोग समितिको संयोजक दिलविकास राजभण्डारीके प्रमुख आतिथ्य तथा नगर सम्मेलन आयोजन समितिका संयोजक खड्गनारायण ढुंगानको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन अठार
महापुराण आयोजक समितिका सचिव सीताराम आचार्यले गर्नुभएको थियो ।
त्र

तपाईको प्रतिक्रिया