चतरा÷पारिवारिक कलह, पुस्ता बीचको असझदारी, संस्कार र मर्यादाप्रतिको बढ्दो गलत धारणा आदिका कारण विगत केही बर्ष यता आफ्ना वृद्धा आमा बाबुलाई बृद्धाश्रममा छाड्ने नयाँ पुस्ताको चरित्रलाई ध्यानमा राखेर
चतरामा सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण भएको छ ।
धरानका प्रवुद्ध व्यक्ति, समाजसेवी, पूर्व भारतीय तथा वृटिश सैनिक, सेवा निवृत्त नेपाल सरकारका कर्मचारी लगायतको अथक प्रयासमा वृद्धाश्रमको निर्माण भएको हो ।
चतरा १ स्थित निर्माण भएको सप्तकोशी आश्रमको १८ औं साधारणसभा तथा बार्षिकोत्सव कार्तिक २० गते शनिवार सम्पन्न भएको छ । वि.सं. २०५२ साल भदौ ७ गते भवानी शंकर उपाध्यायको परिकल्पना अनुसार सप्तकोशी आश्रम निर्माण समिति गठन भएपनि तत्कालीन राजनैतिक अवस्था लगायतका विविध कारणले निमाणले गति लिन सकेको थिएन । पछिल्ला केही बर्ष यता आश्रम निर्माणको कार्यले गतिमात्र लिएन सुविधा सम्पन्न दुईतले भवन निर्माण भएको छ । यद्यपि स्रोत साधनको अभावले हाल माथिल्लो तलामा झ्याल, ढोका, फर्निचरका सामान जुटाउने कार्यमा समितिका पदाधिकरीहरु दौडधूपमा लागिरहेका छन् ।
दुईतले भवनको ग्राउण्ड Ïलोरमा आठवटा कोठा, सेमिनार हल रहेको छ भने माथिल्लो तलामा ९ वटा कोठाहरु
रहेका छन् । समितिका सभापति भवानी शंकर ढुंगेलका अनुसार वडो कष्टले दताहरुबाट स्रोत साधन जुटाएर भवनलाई यो अवस्थामा ल्याई पु¥याएका छौं । अझ धेरै कामहरु बाँकी छन् आशा छ दाताहरुले बाँकी रहेका अधुरा काम पूरा गर्न हृयदेखि नै सहयोग गर्नुहुनेछ । समितिका सचिव जयप्रसाद निरौलाका अनुसार आश्रमको नाममा ५ कट्ठा ८ धुर जग्गा रहेको छ भने हालसम्म २० लाख रुपैयाँ निर्माणमा लगिसकेको छ । उहाँका अनुसार भवन निर्माणका लागि आजीवन सदस्यवाट रु २ हजार ५ सय ५१, संरक्षण सदस्यबाट १० हजार भन्दा माथि र धर्मवीर सदस्यहरुबाट १ लाख भन्दा माथि लिने गरिएको र यही रकमबाट भवन आजको अवस्थामा आइपुगेको हो ।
आश्रमका बरिष्ठ सल्लाहकार डा. गोपालप्रसाद भण्डारीले साधारणसभा तथा बार्षिकोत्सवका अवसरमा आश्रमका उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । आश्रम जीवनको उत्तरार्धमा पुगेका वृद्धावृद्धाहरुका लागि बनाइएको हो । आश्रम अनाथालय वा असहाय नभई आफ्नो इश्वरीय साधनाहरु पूरा गर्न चाहने वानप्राथी गृहस्थी व्यक्तिका लागि बनाइएको हो । आश्रमको मुख्य उद्देश्य बृद्धबृद्धालाई संरक्षण दिनु, उनीहरुको स्वास्थ्यमा हेरचाह पु¥याई दैनिक आवश्यकीय वस्तु उपलब्ध गराउनु, आश्रममा मादक पदार्थ, लागू पदार्थ तथा कानुनद्वारा विषेध गरिएका कुनैपनि दुष्कर्म गर्न नदिने रहेको छ । सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभा तथा बार्षिकोत्सवका अवसरमा कमल पोख्रेल, गोविन्द तिम्सिना, भवानी शंकर भट्टराई लगायतले बोल्नुभएको थियो ।
