गोरखा डिपार्टमेन्ट स्टोरको चारवटै शाखाको अग्रभागमा कोसेली घर रहेको छ । इटहरी, विराटचौक, पथरी, दमकमा रहेका स्टोरका कोसेली घर विहानैदेखि राति अबेरसम्म पनि खुल्लै रहन्छन् ।
कोसेली घर वास्तवमा कोसेली घर जस्तो रहेको छ । गोरखा बेकरी उद्योगबाट उत्पादन भएका सम्पूर्ण बेकरीका आइटमसँगै गोरखा डिपार्टमेन्ट स्टोरद्वारा सञ्चालित गोरखा डेरी उद्योगबाट उत्पादित सुद्ध घ्यु, दूधबाट तयार पारिएका स्वादिष्ट रसबरी, लालमोहन, वर्फी, कालाकन्द, खुवा लगायत दर्जनौ प्रकारका मिठाइहरु हरेक ग्राहकले कोसेलीको रुपमा लैजाने गरेका छन् ।
सुद्ध र स्वादिष्ट भएकै कारण ग्राहकहरुको विहानैदेखि स्टोरको चारवटै शाखामा भीड देखिन्छ । इटहरीस्थित शाखामा विहान ७ बजे नै कोसेली घरमा पुगेकी हाँसपोसा २ शान्तिनगरकी लक्ष्मी काइरालाले भनिन् विहानको माइक्रोबसमा काठमाण्डौ जान लागेको कोसेलीपात त केही लैजानै प¥यो । उनी हरेक पटक काठमाण्डौ जाँदा कोसेली घरबाट विभिन्न प्रकारका मिठाइ लिएर जान्छिन् । लक्ष्मीमात्र हैन धरान, विराटनगर तथा पूर्वबाट आउने माइक्रो बसका यात्रीहरु गोरखा डिपार्टमेन्ट स्टोरमा पुगेकै हुन्छन् । अत्यन्तै सफा, हेर्दै आकर्षक, स्वादिष्ट मिठाई तथा अन्य बेकरी आइटमले यतिबेला पूर्वाञ्चलका रहेका ग्राहकलाई लोभ्याउने गरेको छ । यसका अलावा बेकरी तर्फ मिल्क ब्रेड, हेल्दी ब्रेड, मिनी मिल्क, टेष्ट नमकिन, अरेन्ज, हनि, वटर, चक्लेटी, मिक्स कुकिज, खजुरी, जुली, कोकोनट स्टार, टिफिन केक, बदाम विस्कुट, राउन्ड स्वीट्स, चकटेली क्रिम रोल, बर्थ डे केक, भेनेला, ब्लाक फरेस्ट, पाइनापल, स्टेवरी, म्याङ्गो पेष्टी आदि रहेका छन् ।
यहाँ स्मरणीय कुरा के छ भने ट्राफिक जामको अवस्थामा आफ्नो निजी सवारी साधनमा यात्रा गरिरहेका यात्रुहरुमात्र हैन विराटनगर, काँकडभिट्टा तथा पश्चिमबाट
धरानतर्फ आउदै गरेका ग्राहकहरु हलगडास्थित रहेको गोरखा बेकरी उद्योगमा सवारी साधन रोकी दर्जनौ प्रकारका बेकरीहरु खरिद गर्ने गर्छन् । उनीहरुको कथन छ, गोरखाको बेकरीको स्वादै बेग्लै ।
ताजा र स्वादिष्ट खाना नास्ता
गोरखा किचनेको विशेषता
इटहरी÷आजभन्दा १५ बर्ष अगाडि अर्थात २०५६ साल असार २ गते बलराम आचार्यको एकल सोच र लगानीबाट शुरुवात भएको गोरखा डिपार्टमेन्ट स्टोर आज पूर्वाञ्चलमामात्र नभएर मुलुक र मुलुक बाहिर समेत ग्राहकहरुका लागि ब्राण्डेड नाम भएको छ ।
डिपार्टमेन्ट स्टोरको छैठौ तलामा दुई बर्ष अगाडि सञ्चालनमा आएको गोरखा किचेनले त्यहाँ पुग्ने सबै ग्राहकको आकर्षणको केन्द्र बनेको छ । ग्राहकहरुको आकषाको प्रमुख कारणका सम्बन्धमा सुपर भाइजर खेम खत्रीको आफ्नै अनुभव छ। उहाँ भन्नुहुन्छ ग्राहकले चाहे अनुसारको हरेक आइटमका नास्ता, खाना उपलब्ध हुन्ु हो । ताजा र विसुद्ध खाजा नास्तकै लागि विहान खुलेदेखि बेलुकासम्म भीडभाड हुन्े गरेको छ । डिपार्टमेन्ट स्टोरको छैठौ तलामा सञ्चालित गोरखा किचेन प्रतिकूल वातावरण अर्थात गर्मीमा ठन्डा र जाडोमा न्यानो भएका कारण पनि ग्राहकको चाप बढेको मेनेजर खत्रीको अनुभव छ । भेटघाटको समेत माध्यम बनेको किेचनमा ग्राहककै चापका कारण कार्यरत कर्मचारीहरुलाई भ्याइ नभ्याई हुन्े गरेको छ ।
मानवीय स्वास्थ्यमा सचेत किचेनका कर्मचारीहरु ग्राहकलाई निःशुल्क मिनरल वाटर नै दिन्छन् । म्यानेर खत्री भन्नुहुन्छ, हामी ग्राहककको स्वास्थ्यप्रति सम्बेदनशील छौं । कुनैपनि खानेकुराहरु बासी हुँदैनन्, ग्राहकले अर्डर गरेपछि मात्र खानेकुरा तयार गरिन्छ, चौबीसै घण्टा सरसफाई, मेशिनबाट तातो वाफले भाँडाकुँडा सफाई गरेपछि त्यसलाई सफा कपडाले पुछेर मात्र प्रयोग गरिने भएकोले सफाइमा कसैले गुनासो गर्न सक्दैनन् । किचेनबाट उत्तरमा भेडेटारलगायतका पहाडी दृश्य, दक्षिणका रमाइला घना बस्ती र तराईका फाँटले ग्राहकको मनै लोभ्याउने गर्छ । किनेचनमा छुट्टीको समयमा परिवारका साथमा खाना नास्ताका लागि आउने परिवार पनि प्रसस्त भेटिन्छन् । भारतको विहार, पश्चिम बंगाल, विराटनगर, धरानबाट परिवारै सहित छुट्टीका दिन पुग्ने कर्मचारी तथा अन्य सर्वसाधारण बढो रुचीका साथ खाना नास्ता लिइरहेका हुन्छन् । अर्डर बमोजिम विभिन्न देशका परिकार पाइने भएकोले पनि भीड बढेको हुन् सक्छ, म्यानेजर खत्री भन्नुहुन्छ ।
बेबी आइटममा महिलाहरु
गोरखा डिपार्टमेन्ट स्टोरको तेस्रो तलामा रहेको बेबी अइटम तथा स्टेशनरीमा महिलाहरुको अत्याधिक भीड हुने गरेको स्टोरका सुपर भाइजर खेम खत्री बताउनुहुन्छ ।
खासगरी पथरीका स्थानीयसँगै उर्लाबारी, मंगलबारे, राजघाट, जाँते, लेटाङ्ग, शनिश्चरेसँगै भारतको सिक्किम, दार्जिलिङ्ग, पश्चिम बंगालको नक्सालबारी, पानी ट्यांकी सम्मका महिलाहरु तेस्रो तलामा देखिन्छन् ।
जन्मेदेखि १६ बर्षसम्मका नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक रेडिमेट कपडा पाउने भएकै कारण महिलाहरुको भीड बढेको हो । सिंगापुर, थाइल्याण्ड, भारत, चीनको एक्सपर्ट क्लालिटी र स्वदेशी त्यस्ता कपडाले अधिकांश तेस्रो तलामा पुग्ने महिलाहरु लोभिने गरेका छन् । हाल सरदर एक हजारको हाराहारीमा बेबी आइटममा महिलाहरु पुग्ने गरेका छन ।्
