धरानमा सामुहिक गौपुजन

नेपालीहरुको दोस्रो चाडको रुपमा मानिएको तिहार अन्तर्गत पर्ने लक्ष्मी पूजाका दिन धरानमा सामुहिक गौपुजन गरिएको छ ।
सिद्धकाली आमा समूह एवम् फूलबारी आमा समूहको आयोजनामा कर्तिक १५ गते सोमबार भएको सो कार्यक्रममा सामुहिक रुपमा गाइको पूजा गरिएको थियो ।
कार्यक्रममा हिन्दुराष्ट्र नेपाल धरान नगर अध्यक्ष जुद्ध लोहनी, समाजसेवी पिंगला न्यौपाने, फूलबारी आमा समूहकी अध्यक्ष लिला ढकाल, विजयपुर अत्यात्मिक मञ्चका इन्द्रनाथ वास्तोला, बरिष्ठ समाजसेवी हरि वनेम लिम्बु, ब्राम्हण समाज नेपाल धरान नगर समितिका अध्यक्ष उद्धवप्रसाद अधिकारी लगायतका महानुभावहरुले गाई पूजाको महत्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
सो अवसरमा ब्राम्हण समाज नेपालक केन्द्रीय पार्षद धर्मराज तिम्सिनाले वैदिक विधि अनुसार पूजा अर्चना गराउनु भएको थियो । पूर्व डिएसपी प्रहलाद गजुरेलको प्रमुख आतिथ्य एवम् सिद्धकाली आम समूहकी अध्यक्ष यसोदा उप्रेतिको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया