पछिल्लो पटक नेपालको राजनीति अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको वरिपरि घुमेको छ । एमाले र माआवादीका केही सभासदहरुको अहंकार, कार्कीप्रतिको व्यक्तिगत इस्र्या आदिका कारण मुलुकको राजनीतिक परिवर्तन हुन लक्ष्य देखिएको छ ।
तीन बर्ष अगाडि काँग्रेस, एमाले र माओवादीले नै लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गरेका थिए । अर्र्थात तीनै दलको सहमतिमा कार्की अख्तियार प्रमुख बनेका थिए । तर तीनबर्ष पछि आएर लोकमानका विरुद्धमा सबैभन्दा बढी विष वमन गर्नेमा एमाले, दोस्रोमा माओवादीका केही सभासद र तेस्रोमा काँग्रेस परेको छ ।
आयोग प्रमुखमा कार्कीको नियुक्ति संविधान विपरीत भएको दाबी गर्दै दलाल अधिवक्ता ओमप्रकाश अर्यालले मुद्दा दायर गरेपछि अख्तियार प्रकरण सतहमा आएको हो । अर्यालसँगैकै मिलीभगतमा एमाले र माओवादीका १ सय ५७ जनाले संसदमा अविश्वासको प्रस्ताव दर्ता गराए । कार्कीलाई योग्यता नपुगकेो, शाही कालमा मुख्य सचिव भएको जस्ता आरोप लगाइएको छ । अख्तियारमा कार्की हुनु नहुनुले ठूलो महत्व राख्दैन । हिजो अख्तियार प्रमुख अरु नै थिए भने भोलि अरु नै हुन सक्छन् । तर लोकमान प्रकरणले अख्तियारको सम्पूर्ण सिष्टम नै ध्वस्त हुने निश्चित देखिएको छ ।
यहाँ लोकमानसिंह कार्की भन्दा पनि मुलुक सञ्चालनको ठेक्का लिएका काँग्रेस, एमाले, माआवादी लगायतका ठेकेदारहरु नेपाली जनताका नजरमा नांगिने देखिन थालेको छ। कार्कीका नियुक्ति संविधान विपरीत हो भने किन लोकमानलाई यी दलहरुले हिजो नियुक्ति गरे ? अहिले कार्कीलाई अयोग्य भन्नेहरु नै हिजो काकीलार्इी के आधारमा नियुक्ति गरे ? शाही कालमा मु्खय सचिव हुुनु कार्कीको के दोष ? मुलुकै आज अयोगइहरुले चलाएका छन् । औठा छाप भएकाहरलाई ठेकेदार दलहरुले रकमको विटो लिएर सभासद बनाएका छन् । लाखौ रुपैयामा रातो पासपोर्ट बेच्ने काममा सांसदहरु मुछिएका छन् । वैदेशिक रोजगारीमा पठाउने बहानामा हजारौ युवाहरुको आर्थिक शोषण गरेर वल्लो घाट न पल्लोतिरको बनाइदिइएका छन् । जग्गाको दलाली गर्ने,सांस्द छोडेर एनजिओ र आइएनजिओको निर्देशनमा भतुवा भएर हिड्ने मन्त्री र सांइसदहरु चाहिँ योग्य हुन् ? कुन योग्यताको आधारमा तिनलाई पार्टीले सांसद बनायो ?
सर्वोच्च अदालतको धज्जी उडाउने काम लोकमानले हैन राजनैतिक दलका दलालले गरेका छन् । राजनैतिक दल, तिनका सांसदहरुले लोकमानको घरमा म्याद टास गर्न अवरोध पु¥यायो भन्नु हाँस्यापद हो । सर्वोच्च अदालतको निर्णयको पालना कुन राजनैतिक दलले गरेका छन् । उज्वल हत्या प्रकरणका अभियुक्त बालकष्ण ढुंगेललाई सर्वस्वसहित जन्म कैदको फैसला अदालतले गरेको धेरै भइसकेको छ । किन सर्वोच्च अदालतको निर्णय सरकार कार्यान्वयन गर्दैन ? जब सरकार नै सर्वोच्चच अदालतको निर्णय कार्यान्वयन गर्दै भने अख्तियार प्रमुखको घरमा सूचना टास गर्न दिएन भनेर डंका पिटेर चिच्याउनुको कुनै औचित्य छैन । शाही कालमा लोकमान मु्खय सचिव थिए भन्नुको कुनै तुक छैन । त्यसबेला माधव नेपाल, केपी ओली, शेरबहादुर देउवा पनि मन्त्री थिए । अब यी सबैलार्य महाअभियोग लगाएर आजीवन राजनीति गर्न नपाउने व्यवस्था गर्नुप¥यो । यिन्कमा विरुद्धमा ओमप्रकाश अर्याल सर्वोच्चमा किन मुद्दा दायर गर्दैनन् ? त्यसैले लोकमान सिंह कार्की हैन राजनैतिक दलका नेताहरु अयोग्य हुन । गर्ने भन्दा गराउने सबैभन्दा ठूलो दोषी हो ।
