आफ्नै मौलिक संस्कृति र परम्परा भएको सिक्किम सुन्दरताको अनुपम संसार

भारतको २२ औं राज्य अन्तर्गत रहेको वहुजाती, वहुभाषाी, वहुसांस्कृतिक तथा आफ्नै मौलिक संस्कृति र परम्परा भएको सिक्किम सुन्दरताको अनुपम संसार नै हो ।
सुन्दर प्राकृतिक छटासंगै काुननको पालना, अनुशासित नागरिक, सहयोगी भावना, स्वच्छ सफा र सुन्दर जस्ता कारणले नेपाल लगायत अन्य देशका लाखौ पर्यटक बर्षेनी सिक्किम पुग्ने गरेका छन् ।
यस पंक्तिकारलाई पनि यसपटक सिक्किमको सुन्दरताको रस्वादन लिने अबसर धरानस्थित रहेको अमन टुर एण्ड ट्राभल्सले जुराइदियो । पंक्तिकारसँगै नेपाली काँग्रेसकी समानुपातिक सभासद कौसर साह, ट्राभल्सका सञ्चालक शत्रुघन अन्सारी लगायत १० जनाको समूह २९ असोज अपरान्ह सिक्किमको राजधानी गान्तोक पुग्दा सर्बैका आँखामा सुन्दर प्रकृतिले ठुङ मारेको अनुभव भयो । विगत दुई बर्ष देखि पश्चिम बंगालका दार्जिलिङ र सिक्किमको प्याकेज टुर गराउदै आएको अमन टुर एण्ड ट्राभल्स सिक्किमको बीचमा आफ्नै ढंगले एक प्रकारको साइनो गासिई सकेको
छ । अमन टुर एण्ड ट्राभल्सकै कारण आज सिक्किमे पर्यटकहरु नयाँ गन्तव्य धरान हुदै भेडेटार आउन थालेका छन् भने धरान तथा सुनसरीका अन्य स्थानका पर्यटकहरु सिक्किमेलीहरुको न्यानो आतिथ्य ग्रहण गर्न ठूलो संख्यामा जान थालेका छन् ।
भुगोलको हिसाबले सिक्किम भारतको अन्य राज्यको तुलनामा सानो छ । अर्थात सिक्किम ७ हजार ९६ वर्गकिलोमिटरमा फैलिएको छ । त्यहाँको जनसंंख्यामात्र ६ लाख १ हजार रहेको छ । तर प्राकृतिक सुन्दरता र मु्ख्य मन्त्री डा. पवन चाम्लिङ, सिक्किम
सरकारका अन्य मन्त्री तथा कर्मचारीहरुका कारण सिक्किम आज मिनी स्वीजरल्याण्डका रुपमा स्थापित भएको छ । सामुन्द्रिक सतहबाट ५ हजार ४ सय ८० फिटको उचाईमा रहेको सिक्किम चार जिल्लामा बाडिएको छ । सिक्किमको राजधानी गान्तोक पूर्वी सिक्किम अन्तर्गत रहेको छ । यसका अलावा उत्तरी सिक्किम, पश्चिमी सिक्किम र दक्षिणी सिक्किम रहेका छन् । सुन्दरता प्राकृतिक छटाका कारण सिक्किमका यी चारै जिल्लामा बर्षेनी सात लाख भन्दा बढी पर्यटकहरु
रमणीय दृश्यको रसास्वादन गर्नु पुग्छन् ।
विगत १२ बर्षदेखि होटल व्यवसाय सञ्चालन गर्दै आउनु भएका गुरुद्वार देउराली स्थित होटल गाखिलका सञ्चालक दर्पन राई भन्नुहुन्छ सिक्किमलाई वास्तवमै प्रकृतिले
बरदान दिएको छ । आज गाखिलमा धरानका सैयौ पर्यटकहरुले न्यानो सत्कार पाई सक्नुभएको छ । यसमा सबैभन्दा ठूलो श्रेय अमन टुर एण्ड ट्राभल्सका सञ्चालक सत्रुघन
अन्सारीलाई नै जान्छ,राईले भन्नुभयो । अत्यन्तै मिजासिला पर्यटकहरुको आथित्य सत्कारमा हर समय उत्साहित होटल गाखिलका सञ्चालक दर्पन राई भन्नुहुन्छ, हामीले राम्रो सेवा र सुविधा दियौ भने मार्केटिङ गर्नै पर्दैन पाहुनाहरु आफै खोज्दै आउनुहुन्छ । सिजनमा गाखिल होटलमा दुई तीन सय पाहुना आउनुहुन्छ । कतिपय होटलमा म नै मानिसहरु पठाइदिन्छु । उहाँ भन्नुहुन्छ अफ सिजनमा समेत होटल गाखिल कहिल्यै खाली हुँदैन । म आफै गाडी कुदाएर पाहुनाहरुलाई ठाउँ ठाउँमा पु¥याइदिन्छु ।
पर्यटकहरुका लागि सिक्किममा दर्जनौ आकर्षक स्थानहरु रहेका छन् । बाहिरबाट गएका पर्यटकहरु गान्तोकमा एक दुई दिन बसी त्यहाँको साइड सिनमात्र हरेर फर्कन्छन् । उत्तरी सिक्किम पर्यटकहरुका लागि सबैभन्दा आकर्षक स्थान हो । नर्थ सिक्किममा कवि लुङ्गचोक, सेभेन सिस्टर वाटर फल्स, फोदुङ्ग, फेन्साङ्ग, सृृजंगा मंधिम, मनगन, राेंङ्ग लग्तेर लि, सिंघिक, चुङ्गथाङ्ग, लाचुङ्ग, युम्थाङ्ग भ्याल्ली, लाचेन, चोप्त भ्याल्ली, थाङ्गगु, गुरुदोङ्गमार लेख रहेका छन् ।यी मध्ये युम्थाङ्ग्रभ्याली विचित्रको रहेको छ । यहाँ सयौै प्रजातिका सुनाखरी, चाँप, गुराँसमात्र नभएर सम्पूर्ण जंगलमा झारपात नै फुल्छन् । लाचुङ्ग काटिसकेपछि जंगलै सबै फुलेको देख्न पाइन्छ । त्यहाँ बस्नका लागि स–सना कटेजहरु छन्, जसको छानामा हिउ थुप्रिएको हुन्छ । धुपी लगायतका सम्पूर्ण बोट विरुवामा हिउ थुप्रिएको हुन्छ । त्यहाँ गएपछि फर्कनै मन लाग्दैन ।
सिक्किमको राजधानी अर्थात पूर्वी सिक्किममा समेत दर्जनौ आकर्षक पर्यटकीय स्थलहरु रहेका छन् । जसमा वनझाक्री फल्स, फलावर सो कम्प्ले्क्स, इन्चेई मोनाष्ट्री, नाम्ग्याल इष्टिच्युट अफ टेक्नोलोजी, चोग्याल पाल्देन थोन्डुप नामग्याल पार्क, रुम्तेक मोनाष्ट्री, कंचनजंघा कल्चरल कम भिलेज टुरिजम कम्प्लेकस, गान्तोक रोपवे, वाक्थाङ्ग, कंचनजंघा कल्चरल कम भिलेज टुरिजम कम्प्लेक्स, गान्तोक रोपवे, वाक्थाङ्ग वाटर फल्स, तासी भ्यु प्वाइन्ट, हिमालयन जुलोजिकमल पार्क आदि रहेका छन् । यसगरी दक्षिणी सिक्किममा नाम्ची, शिद्धे्श्वर धाम, समुद्रत्से, रक गार्डेन, बुद्ध पार्क, तेन्दोक हिल टेसी टि गार्डेन, केउजिङ्ग भिलेज, फ्लावर फेस्टीबल, बोन मोनाष्ट्री आदि पर्यटकीय स्थल छन् भने पश्चिम सिक्किममा ताप्सीदिङ्ग, युक्साम, दुग्दी मोनाष्ट्री, खोग्रो लाब्दाङ, सांगा चोलिङ्ग मोनाष्ट्री, शिव मन्दिर, देन्ताम, जुरेली द्वारे भ्यु प्वाइन्ट, सिंघोर ब्रिज, सोरेङ्ग, चुम्बोङ्ग, टिम्बर बोङ्ग लगायतका स्थानहरु रहेका छन् । होटल गखिलका सञ्चालक दर्पन राई भन्नुहुन्छ नेपालबाट आएका पर्यटकहरु पश्चिम सिक्किमको पेलिङ्गबाट फर्कन सक्छन् । त्यहाँबाट नेपालको ताप्लेजुङ्ग निस्कन सकिन्छ ।

तपाईको प्रतिक्रिया