आगलागी पीडितको दशै खल्लो

धरान÷धरानको व्यस्थ मानिएको सब्जीबजारमा ६ दिन अगाडि भीषण आगलागी भयो । आगलागीबाट ५ पसल पूर्ण रुपमा जलेर नष्ट हुदा ३ करोड भन्दा बढीको क्षति भयो ।
दशैको मुखमा भएको यो आगलागीबाट ५ परिवारको विचल्लीमात्र हैन दशैमा खर्च जोहो गर्न समेत उनीहरुलाई हम्मेहम्मे प¥यो ।
पसलबाट आएको आम्दानीबाट परिवारसंग हासीखुशी दशै मनाउने सोचमा रहेका उनीहरु असोज १२ गते भएको आगलागीले सबै सपना चकनाचुर बनाइदियो ।
धरान ८ लांगाली चौककी विमला श्रेष्ठ ६ दिन अगाडि भएको आगलागीमा परी आफ्नो सर्वस्व गुमेपछि फेरि पसल सञ्चालन कसरी गर्ने भन्ने विषयमा सोच्न सक्नुभएको छैन । भएको सबै जायजेथा आगोले क्षणभरमै खरानी बनाएपछि दशै तथा तिहार जस्ता चाडवाडलाई ई के गरेर विदाई गर्ने भन्ने अन्यौलमा रहनु भएको छ ।
७ जना परिवार उहाले सञ्चालन गर्नुभएको राजेश मिट प्रेस हाउसले पाल्दै आउनु भएको थियो । आगोलागीबाट त्यहा भएका १ सय भन्दा बढी कुखुरा, दुईवटा मासु राख्ने फ्रिजलगायत सबै सामाग्री गरेर ६ लाख नो्क्सानी भएको पीडित श्रेष्ठ बताउनुहुन्छ । उहालाई अब फेरि त्यति नै सृष्टि जोडेर व्यापार गर्न गाह्रो भएको छ । अहिलेसम्म कुनै संघ संस्थाले सहयोग नगरेको उहालाई विचारा भन्ने बाहेक अरु केही नपाइएको बताउनुभयो ।
यस्तै समस्या धरान १५ की कविता शाक्यको समेत रहेको छ । सोही स्थानमा कृष्ण साइकल दोकान रहेको उहाको समेत १० लाख बराबरको क्षतिभयो । तीन परिवारको यही पसलबाट परिवारको शिक्षा, दिक्षा लालनपोषण हुने गरेको थियो । आगलागीपश्चात आएको आपत्तिका विषयमा कसैले सोध्न सम्म नआएकोमा उहा दुखित बन्नुभएको छ ।
त्यस्तै छेउमै भएको गंगा मासु पसलका सञ्चालक गंगा बास्तोला भने दशै ऋण काढेर भएपनि चलाउनुभयो । आगोलागीबाट त्यहा भएका सामाग्रीहरु जोड्दा ४ लाख ५० हजार स्वाहा भएको बताउने उहाले आगोलागी भएको यत्तिका दिन बितिसक्दा समेत कसैले सोध्नसम्म नआएको उहाको समेत गुनासो छ ।
उहाहरुमात्र हैन सोही स्थानमा मासु पसल राख्नुभएका किशोर खड्गी, अनवर अन्सारीको प्लाष्टिक पसल र राकेश श्रेष्ठको मासु पसल जलेर पूरै नष्ट भयो ।
किशोर खड्गीको पसलमा राखिएको ग्यासबाट सल्किएको आगाले ५ परिवारको सम्पत्ति खरानी बनाएपछि दशैमा सामान बेचेर मुनाफा पाएको रकमले दशै मनाउने सपना बोकेका ती पाच परिवारका पीडितहरुको सपना क्षणभरमै खरानी भएपछि अहिले विचल्लीमा परेका छन् ।

तपाईको प्रतिक्रिया