धरान÷ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दन्त विभागमा म्याद गुज्रिएको औषधि प्रयोग गरिएको पाइएको छ ।
धरान ४ का अनुभव रेग्मीले दाँतको उपचार गर्न जाने क्रममा अरुलाई चिकित्सकहरुले प्रयोग गर्दै गरेको अवस्थामा भेटाएपछि प्रयोग गरेको म्याद गुज्रिएको औषधि फेला पारेपछि मोवाइलमा खिचेर प्रमाणसहित इलाका प्रहरी कार्यालयमा उजुरी गर्नुभएको थियो ।
दन्त चिकित्साो कोठा नं. ३ मा रहेको फोस्थोडोन्टिक्स विभागमा दात खोल्दा प्रयोग गरिने नदु्ख्ने बनाउने औषधि एल ए स्प्रे म्याद गुज्रिएको भेटाएपछि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएपछि तत्काल इलाका प्रशासनको अगुवाईमा अनुगमन टोली त्यस स्थानमा पुगेको थियो । अनुगमन टोलीले तीनवटा एलए स्पे नामक औषधि म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो । अनुगमनका क्रममा जुन १६, जुन १६ र जुलाई १६ मा सकिएका सो स्प्रे जुलाई १० तारिखमा प्रयोग गरेको पाइएकोले सो स्प्रे इलाका प्रहरी कार्यालय धरानले अनुसन्धानको लागि लगिएको छ ।
विहान चेकअफ गर्न जाने क्रममा विरामीलाई प्रयोग गरेको देखेपछि आफूले त्यसको तस्विर खिचेर इलाका प्रहरी कार्यालयमा उजुरी दिएको प्रत्यक्षदर्शी अनुभव रेग्मीले बताउनुभयो ।
इलाका प्रशासन कार्यालय धरानमा शाखा अधिकृत जयराम श्रेष्ठको अगुवाईमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रमेश श्रेष्ठ, पत्रकारको रोवहरमा सो औषधि बरामद गरिएको थियो । बरामदपश्चात बोल्दै शाखा प्रमुख श्रेष्ठले यसको अनुगमनको अख्तियार जिल्ला प्रशासन कार्यालय सुनसरीले गर्ने भएकोले दशैको विदा भएकोले शुक्रबार प्रशासनलाई बुझाउने र सम्पूर्ण कारबाही प्रशासनले गर्ने बताउनुभयो ।
औषधि विभाग कार्यालयले बेला बेला अनुगमन गरेपनि बीपी प्रतिष्ठानभित्रै यस्ता म्याद गुज्रिएका औषधि पाउनुले औषधिमा कतिसम्म लापारबाही हुन्छ भन्ने कुरा स्पष्ट भएको छ ।
फोस्टोडोटिक्स विभागका विभागीय प्रमुख प्रनिता सुवालले यस विषयमा सम्पूर्ण जानकारी राख्नुभएपनि उहा सो बेला दशैको विदामा रहनुभएको थियो ।
