तिहार अघि नै मन्त्रिपरिषद जम्बो बनाउने तयारी

काठमाडौं÷माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार तिहार अघि नै फेरि बिस्तार गर्ने तयारी थालिएको छ । चार राज्यमन्त्रीसहित ३४ सदस्यीय मन्त्रिपरिषदमा अब कम्तिमा चार मन्त्री र १० राज्यमन्त्री थप्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड गोवाबाट फर्किए लगत्तै मन्त्रिपरिषद विस्तारका लागि सत्तारुढ दलबीच छलफल हुने नेताहरुले बताएका छन् । अहिलेको तयारी अनुसार प्रचण्ड मन्त्रिपरिषद ४४ सदस्यीय हुनेछ । यसअघिको केपी ओली नेतृत्वको
सरकार ४१ सदस्यीय थियो ।
कांग्रेस सभापति शेरवहादुर देउवा निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रवहादुर कार्कीका अनुसार तिहार अघि नै मन्त्रिपरिषदले पूर्णता पाउनेछ । उनले भने, ‘हाम्रो तर्फबाट राज्यमन्त्री र अन्य बाँकी चार मन्त्रालयको टुंगो तिहार अघि नै लगाउने सहमति भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले जम्बो मन्त्रिमण्डलको दोष बोक्नुपर्ने भन्दै
राज्यमन्त्रीको संख्या घटाउन कांग्रेसलाई आग्रह गरेका छन् । तर, देउवा आन्तरिक भागवण्डाको दबावमा छन् ।
कांग्रेसले आठ राज्यमन्त्री पाउने सम्भावना छ । यद्यपि संख्या अझै टुंगो लाग्न बाँकी रहेको कार्कीले बताए । प्रधानमन्त्री प्रचण्डले जम्बो मन्त्रिमण्डलको दोष बोक्नुपर्ने भन्दै
राज्यमन्त्रीको संख्या घटाउन कांग्रेसलाई आग्रह गरेका छन् । तर, देउवा आन्तरिक भागवण्डाको दबावमा छन् ।
रामचन्द्र पौडेल पक्षले कम्तिमा ४ राज्यमन्त्री मागेको छ भने कृष्ण सिटौला समूहले पनि भाग खोज्नेछ । कांग्रेसले ८ राज्यमन्त्री पाएमा पौडेल पक्षले ३ जना पाउने सम्भावना रहेको स्रोतले जनाएको छ ।
हाल कांग्रेसका एक उपप्रधानमन्त्रीसहित १५ जना मन्त्री छन् भने माओवादी केन्द्रका प्रधानमन्त्री र एक उपप्रधानमन्त्रीसहित ८ मन्त्री र चार जना राज्यमन्त्री छन् । त्यस्तै राप्रपाका २ र नेकपा संयुक्तका एक जना मन्त्री छन् । राप्रपाले समेत आफ्ना दुवै मन्त्रालयमा
राज्यमन्त्री मागेको छ । प्रधानमन्त्रीले एक राज्यमन्त्री दिने आश्वासन दिएको राप्रपा स्रोतले जनाएको छ ।
यसअघिनै चार राज्यमन्त्री पाइसकेको माओवादीले भने अब
राज्यमन्त्री थप्ने छैन । विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले दुई मन्त्री र एक राज्यमन्त्री दाबी गरेको छ ।
हाल महिला वालवालिका, पशुपन्छी, खानेपानी तथा सरसफाइ र विज्ञान तथा प्रबिधि मन्त्रालय खाली छन् । ती मध्ये दुई मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिने सम्भावना रहेको कांग्रेस नेता कार्कीले बताए ।
बाँकी दुई मन्त्रालय साना दललाई दिने कि माओवादी र कांग्रेसले बाँड्ने भन्ने टुंगो लागेको छैन । प्रेमवहादुर सिंह, एकनाथ ढकाल, कुमार खड्का, विश्वेन्द्र पासवान, यशोदा तामाङ, हरिचरण साह लगायतका एक दुई सिटे दलले पनि मन्त्रालय दाबी गरिरहेका छन् ।
साना दलका कारण सरकार ढल्ने वा बन्ने निर्णायक शक्ति नभएका
कारण फोरम लोकतान्त्रिकलाई दुई मन्त्रालय दिएर बाँकी ठूला दलले बाँड्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
राज्य मन्त्रीमा क कसको सम्भावना ?
कांग्रेसले ८ राज्यमन्त्री दावी
गरे पनि प्रधानमन्त्री प्रचण्ड ७ भन्दा बढि दिने पक्षमा छैनन् । पौडेल पक्षबाट जीवन परियार, सरिता प्रसाई र सुरेन्द्र आचार्यको सम्भावना छ ।
त्यस्तै देउवा पक्षबाट अब्दुल
रज्जक, रामहरि खतिवडा, दिलिप गच्छदार, आङटावा शेर्पा, सिताराम मेहता, सुवर्ण ज्वारचन लगायतको नाममा छलफल भइरहेको स्रोतले जनाएको छ ।
राप्रपाबाट राज्यमन्त्रीमा परशुराम तामाङ र राज्यलक्ष्मी श्रेष्ठमध्ये एकले राज्यमन्त्री पाउने सम्भावना रहेको स्रोतले जनाएको छ । त्यस्तै बिजय गच्छदारले आफूले रोजेको ‘मालदार मन्त्रालय’ नपाउने भएपछि लो प्रोफाइलका नेताहरुलाई मन्त्री बनाउने भएका
छन् ।
सरकारमा नगए पार्टी नै फुट्ने भएपछि गच्छदार गलेका हुन् । तर, अझै कसलाई मन्त्री बनाउने निर्णय गरेका छैनन् ।
फोरम लोकतान्त्रिकभित्र मन्त्री बन्नका लागि जितेन्द्रनारायण देव, योगेन्द्र चौधरी, जनकराज चौधरी, बाबुराम
पोखरेल, सुबोध पोखरेल, गीता राणा लगायत प्रतिस्पर्धामा छन् ।
त्र

तपाईको प्रतिक्रिया