धरान÷प्रयाप्त सवारी नहुदा दशैका समयमा पुर्वी पहाडी जिल्ला हिडेका यात्रुहरु धरानमा अलपत्र परेका थिए । प्रयाप्त सवारी साधनसगै सडकको अवस्था नाजुक हुदा यात्रुहरु गन्तव्य सम्म नपुग्ने भएको कारण पनि यात्रुहरु अलपत्र परेका थिए ।
सरकारले चाडपर्वको समयमा सहजरुपमा यात्रा गर्न वातावरण बनाएको वताइरहदा पुर्वी पहाडी जिल्ला हिडेका यात्रुहरु सवारी साधनका अभावमा े
धरानमा अलपत्र परेका थिए । पुर्वी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, तेह्रथुम,संखुवासभा दशै मनाउन हिडेका यात्रुहरु धरानको भानुचौकमा अलपत्र
परेका थिए । साना साना बच्चा लिएर विहान ४ वजे देखी वस पार्कमा वस कुरी
रहेको उनिहरुले दिउसो सम्म वस नपाएर अलपत्र परेका थिए । पुर्वी पहाडी जिल्ला विषेश गरि भोजपुर, संखुवासभा तथा तेह्रथुम जाने सडक जीर्ण भएकै कारण सवारी साधन गन्तव्यमा नपुग्ने भन्दै व्यवसायीहरुले लामो दुरीमा सवारी लान नमाने पछि यात्रुहरुको विजोग भएको थियो ।
नेपालीहरुको महान चाड दशै मनाउन आ आफ्नो घरमा हिडेका यात्रुहरुले सहज रुपमा यात्रा पाएनन् । यसको प्रमुख कारण प्रयाप्त रुपमा बस सञ्चालन हुन नसक्नु र सडकको अवस्था जीर्ण रहेकै कारण यात्रुहरुले हैरानी व्यहोर्नुपरेको हो । दशैलाई लक्षित गरी कोशी पहाडी राजमार्गमा यात्रुवाहक सवारी साधन थपिएका थिए तर पनि यो सख्या प्रयाप्त नभएकै कारण यात्रुहरुले समस्या भोग्नु परेको हो ।
आफ्नो पुख्र्याैली घर दशै मनाउन जाने क्रममा धरानको भानुचौकमा विहानैदेखि बस कुरेर बसेपनि अत्याधिक भीडका कारण यात्रा गर्न नसकेको यात्रुहरुको भनाई छ ।
लगातारको बर्षाका कारण कोशी पहाडी राजमार्ग अन्तर्गतको बसन्तपुरदेखि मुढे शनिश्चरेसम्मको बाटो अत्यन्तै हिलाम्मे बनेको थियो । यस्तै धनकुटाको लेगुवादेखि भोजपुर जाने बाटो समेत जीर्ण रहेको छ । सडक जीर्ण भएकै
कारण सवारी साधन गन्तव्यसम्म नपुग्ने समस्या एकातिर छ भने अर्कोतर्फ यात्रा गर्नेको सख्या अत्याधिक हुदा दुर्घटनाको जोखिम समेत अत्याधिक बढेको यातायात व्यवसायीहरुले बताएका छन् ।
कोशी पहाडी राजमार्गमा दैनिक ५० को हाराहारीमा सावरी चल्ने भएपनि दशैको लागी भनेर ७० ठुला वस तथा ५० साना सवारी सञ्चालनमा ल्याइको व्यवसायीको भनाई छ । तर सडकको अवस्था नाजुक भएको कारण लामो
दुरीका सवारी सञ्चालन गर्न नसक्दा यात्रुहरुले सास्ति भोग्नु परेको व्यवासायीहरुको भनाई छ । प्रयाप्त सवारी नहुदा यात्रुहरु वसका कोचाकोच गरेका जोखिम पुर्ण यात्रा त गर्न बाध्य भएका थिए् भने गन्तव्य सम्म सवारी नपुग्दा बिच वाटोमा नै अलपत्र समेत
परेका थिए । यस्तो अवस्था आउनुमा यातायात व्यवसायी सरकारलाई दोष दिन्छन् सरकारले सडकको मर्मत सम्भार समयमै नगरिदिएकाले वस व्यवसायी, यात्रुले अनाहकमा दुःख पाएको बताउदै आएका छन् ।
