काठमाडौं । कप्तान पारस खड्कासहित सात नेपाली क्रिकेटरले अमेरिकामा हुने एक प्रतियोगिता खेल्ने भएका छन् ।
पारस केही दिनअघि नै
अमेरिका पुगिसकेका छन् भने ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सुवास खकुरेल, सोमपाल कामी र सिद्धान्त लोहनी अमेरिका जाने तयारीमा छन् ।
नोभेम्बर ९ देखि १३ सम्म हुने प्रतियोगितामा टु टेन क्रिकेट यूएसए कपमा नेपाली खेलाडीहरुले नेपाली
राइनोज्बाट खेल्ने भएका हुन् ।
अमेरिका जाने तयारीमा रहेका
खकुरेलले अनलाइनखबरसँग भने, नेपाल टिमलाई अहिले एक्पोजर चाहिएको छ । यो टुर फलदायी हुन्छ ।’
उनका अनुसार अमेरिका आउने जाने र त्यहाँ खाने बस्ने सबै व्यवस्था नेपाली राइनोजले नै व्यहोर्नेछ । तर, म्याच फिबारे भने आफूसँग अहिलेसम्म कुनै कुराकानी नभएको खकुरेलले
बताए ।
प्रतियोगितामा नेपालसहित अमेरिका, बेलायत, यूएईबाट गरी ८ टिमको सहभागिता रहने रहने आयोजकले जनाएको छ ।
र, पाकिस्तानका सहिद अजमल, कमरन अकमल, वेष्टइण्डिजका रिकार्डो पावेल लगायतका खेलाडीहरुले पनि खेल्नेछन् । २० ओभरको खेल भएपनि एक खेलाडीले बढीमा १० ओभर मात्र व्याटिङ गर्ने नियम रहेको छ ।
