मृगौला पिडितलाई कतारद्धारा १ लाख ६५ हजार सहयोग

तेह्रथुम ÷ तेह्रथुम जिल्लाको छथर फाक्चामारा ४ का दुबै मृगौला फेल भएकी खिनामाया कुरुम्भङलाई तेह्रथुम सेवा समाज दोहा कतारद्धारा १ लाख ६५ हजार ९३ रुपैयाँ आर्थीक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको
छ ।
एक कार्यक्रमका बिच तेह्रथुमको छथर सुक्रबारेमा खिनामायाका बुबा मेघ बहादुर कुरुम्भङलाई समाजका सल्लाहाकार संयोजक दिल किरण खजुमले हस्तान्तरण गर्नु भएको थियो । आर्थीक अभाबका कारण खिनामायाको उपचारमा समस्या भएको समाचार बिभीन्न सञ्चार माध्यमहरुमा प्रकाशन तथा प्रसारण भए सँगै समाजले खिनामाया बचाउ अभीयान सञ्चालन गरी १८३ जनाबाट संकलित रकम आज एक कार्यक्रमका बिच प्रदान गरीएको हो ।
बिभीन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा नेकपा एमालेका उपसचिब भुपतिलाल श्रेष्ठ नेपाली कांग्रेसका प्रतिनिधी नारायण सुब्बा नेकपा माओबादी केन्द्रका प्रतिनिधी प्रकाश ईम्सङ मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्चका जिल्ला सचिब दिल पाक्साँवा छथर नागरिक समाजका अध्यक्ष तेज बहादुर कटुवाल स्थानीय बुद्धीजिबी धर्म खुलालले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । तेह्रथुम सेवा समाज दोहा कतारको आयोजनमा भएको कार्यक्रमको सञ्चालन मन कुमार पारघारीले गर्नु भएको थियो । अहिले सम्म खिनामायाको उपचारको लागी १६ लाख बढी रकम संकलन भई सकेको छ ।

तपाईको प्रतिक्रिया