धरान÷नाटकलाई जीवन्त बनाउन पूर्व देखि पश्चिमसम्मका नाट्यकर्मीहरु सक्रिय भएर लागेका छन् ।
धरानको आरम्भ नाट्य डबलीले विगतदेखि नै नाटकलाई जीवन्तता दिन विविध कार्यक्रमको आयोजना
गरिरहेको समयमा अहिले फेरि नया प्रशिक्षार्थीलाई १५ दिने कार्यशाला गोष्ठीको आयोजना गरी नया कलाकार उत्पादनमा जोड दिएका छ । धरानका अधिकांश नाट्य समूहका कलाकार लगायत निर्देशक, समूहका
पदाधिकारीहरुको पहलमा यो कार्यशाला गोष्ठी आयोजना गरिदैछ भने अर्कातिर काठमाण्डौको मण्डला थ्रियटरले पूर्वाञ्चलका विभिन्न स्थानमा सचेतनात्मक नाटक प्रदर्शन गर्ने भएको छ ।
हराउदै गएको नाटकलाई जीवन्तता कसरी दिन सकिन्छ भन्ने चिन्ता रंगकर्मीहरुमा बढेका बेला यस अभियानले भने अब रंगकर्मी सेलाउनुभन्दा पनि जागृत भएको अनुभूति गराएको महसुस सबै क्षेत्रले गर्न थालेका छन् ।
कार्यशालाको उद्घाटन नेपाली भाषा विद् प्रा.डा टंक न्यौपानेले एक समारोहबीच उद्घाटनगरेसंगै बद्लिदो परिस्थिति रंगकर्मीहरु समय सान्दर्भिक समाग्रीहरु प्रस्तुत गरेर रंगमञ्चलाई जीवन्त दिन खोजिरहेका छन् ।
आरम्भका अध्यक्ष गोपाल देवानले अब समय परिवर्तनसंगै नया शैलीमा
रंगकर्मीहरु उत्रिनु बाहेक अन्य विकल्प नभएकोले पनि नया कलाकार उत्पादनमा लागेको बताउनुभयो ।
यस्तै रंग निर्देशक तथा रंगकर्मी महासंघका महासचिव राजेन्द्र रिमालले नाटकलाई जीवन्त राख्न अत्यन्तै कठिन भएपनि यसमा रमाइला क्षणहरुसमेत हुने ग्रेकोले यसलाई जीवन्त राख्न अब नाट्यकर्मीमात्र हैन सबैपक्ष जुट्न आवश्यक भएको बताउनुभयो ।
राजधानीमात्र केन्द्रित रहेको नाटकलाई विकेन्द्रिकरण गर्ने उद्दे्श्यले मण्डला थिएटरले पूर्वाञ्चललाई लक्षित गरी विभिन्न सचेतनात्मक नाटक प्रदर्शन गर्ने भएका छन् । कार्तिक ३ गतेदेखि १४ गतेसम्म मोफसलका नाट्यकर्मीहरुसंग मिलेर पूर्वको दमक, इटहरी, धरान, लगायतका स्थानमा नाटक प्रदर्शन गर्ने मण्डला थिएटरका सोमनाथ खनालले जानकारी
दिनुभयो ।
एक जमानामा धरानमा
रंगकर्मीहरुको चहलपहल ह्वात्तै बढेको र नेपाल लगायत विभिन्न स्थानमा धेरै उत्कृष्ट प्रदर्शन गर्र्दै अवार्ड समेत पाएका पूर्वाञ्चलका नाट्यकर्मीहरुको या जोश र जागरले अब भने फेरि नाट्यकर्मीहरु जुर्मुराएको आभाष दिलाएको भाषाविद् प्रा.डा. टंक न्यौपानेले जानकारी दिनुभयो ।
नाटक पूर्वाञ्चलमा वि.सं. १९९६ बाट शुरु भएको नाट्यकर्मीहरुको भनाई छ । पुरानो प्रविधिबाट चल्ने नाटक पछिल्लो समय विभिन्न टेलिफिल्म, ठूला पर्दाका चलचित्रका कारण
हराउदै गए पनि अभिनयको आधार भनेको नाटकलाई नै लिने गरिएको
छ । नया कलाकारलाई समय सान्दर्भिक कार्यशाला गोष्ठीको आयोजना गर्दै जाने र यसमा स्थानीय निकाय, सरकार, रंगकर्मीहरुको संस्था लागि पर्ने हो भने नाटक फेरि व्युझिनेमा दुविधा छैन । यसका लागि सबै कम्मर कसेर लाग्न जरुरी छ ।
