धरान दशैको टिकाको साइतसंगै सर्वसाधारणहरु मान्यजन तथा आफन्तमा दशै मनाउन जाने क्रम तिब्रा भइरहेको समयमा धरान ४ छाताचौमा रहेको अनाथ असाय तथा पुनस्र्थापना गृहका बालबालिकारुको दशै भने आश्रममा नै बित्यो । बर्षेनी उनीहरुलाई गृहमा प्रमुख भीम राई र उहाकी पत्नी लक्ष्मी राईले बर्षेनी टिका लगाएर आर्शिवा दिने गर्नुभएको छ । विगत ९ बर्ष अगाडिदेखि लगातार रुपमा यस गृहको दिनचर्या यसरी नै बित्दा त्यहा रहेका बालबालिकालाई आश्रम नै घर जस्तो लाग्न थालेको छ ।
इलामकी सुस्मिता राइ यस गृहमा बसेको ९ बर्ष भयो । आएदेखि नै यस गृहमै दशै मनाउदै आउनुभएकी उनलाई गृहमा साथीहरुसंग मिलेर दशै मनाउदा खुशी लाग्ने बताइन । बुबाको केही बर्ष अगाडि नै मृत्यु भएको बताउने राईले यस बर्षदेखि आमालाईसमेत यसै गृहमा संगै राखेपछि भने दशै झनै उत्साहित भएको बताइन ।
यस्तै पब्लिक उच्च माविमा कक्षा ७ माअध्ययन गर्दै गरेकी लक्ष्मी कार्कीे समेत दशै यही गृहमा मनाएको सात बर्ष भयो । आफूले थाहा पाएदेखि यसै स्थानमा दशै मनाउने गरेको बताउने उनलाई समेत यहा आफूलाई घरजस्तै लाग्ने गरेको बताइन्
यी तीन जना त उदाहरण पात्र हुन् । यस गृहमा रहेका अन्य बालबालिकाहरुलाई समेत दशै सधै रमाइलो नै लाग्ने गरेको छ । आफ्नै परिवार हो ठानेर उनीहरुले गृहप्रमुख भीम राई र उहाकी श्रीमति लक्ष्मी राईलाई बुबाआमा मान्ने गरेका छन् ।
त्यसो त बच्चाहरुसंगसंगै बसेर दशै मनाउदा आफूलाई भाग्यमानी भएको महसुस हुने गरेको गृहप्रमुख भीम राईको भनाई छ । बर्षेनी यसरी दशै मनाउदा उनीहरुलाई पनि एक्लो महसुस नहुने र आफूलाई पनि सन्तुष्टि मिल्ने राईको भनाई छ ।
गृहमा बच्चाहरुको हेरचाह, खानपिनको सम्पूर्ण जिम्मा राईकै श्रीमति लक्ष्मी
राईले गर्दै आउनु भएको छ । उहालाई समेत बालबालिकाहरुसग मिलेर दशै मनाउदा अत्यन्तै खुशी लाग्ने गरेको छ ।
यस गृहमा अहिले २४ जना अनाथ बालबालिको आश्रम रहेको छ । कुनै बेला ३५ ज नासम्म पुग्ने यस आश्रमको बार्षिक खर्च १ लाख लाग्ने गरेको गृह प्रमुख राई बताउनुहुन्छ । सरकारी सहयोग शून्य रहेको बताउने प्रमुख राईले शुरुका दिनमा गृह सञ्चालन गर्न कठिन भएपनि अहिले सहयोगी हातहरुका कारण पनि सहज बन्दै गएको बताउनुहुन्छ ।
गृहसञ्चालमा राई दम्पतिमात्र हैन विदेशमा बसेर तीन छोराहरुले सहयोग गर्दै आइरहेका छन् । वृटिशमा आर्मीमा रहेका अनन्त राई साउदीमा काम गर्दै आउनुभएका सुभाष राई र दुवईमा रहनु भएका सुमन राईले गृह सञ्चालनमा सहयोग गर्दै आउनु भएको छ । विगत तीन बर्षदेखि दशैका लागि यहा रहेका बालबालिकालाई लत्ताकपडा, जुत्ता लगायतका सामाग्री जोइन्ड हेन्ड एण्ड लाइफ नामक संस्थाले उपलब्ध
गराउदै आएपछि भने गृहा रहेका बालबालिकाको दशै अझ रौनकता थपिदै गएको उनीहरुले महसुस गरेका छन् ।
