गोविन्द बस्नेत
धरान, १९ असोज ः विदेशमा भएका नेपालीहरुलाई परेको अप्ठेरोमा सहयोग गर्ने उद्देश्यले मलेसियामा गठित नेपाल साझा मञ्चद्वारा गठन भएकै समयमा एक जना पीडितलाई सहयोग गरेको छ ।
बिदेशी भुमिमा रगत र पस ज्यान जोखिममा रहदै रगत र पसिना बगाउन बाध्य भएका नेपालीहरुको लागि “आफु बाचौ र अरुलाई बचाउ । अनि “ देशका लागि केही गरौ “ भन्ने मुलनाराका साथ सऊदि अरबका केही जझारु नेपाली प्रवासीद्वारा स्थापित नेपाली साझा मंचद्वारा अन्तर्रा्ष्ट्रियभर संगठन बिस्तारको आव्हान अनुसार मलेशियाको असुरक्षित वातावरणको वाबजुद पनि मंचको अन्त अभियान्ता लक्ष्मण थापाको नेतृत्वमा गठित १७ सदस्यीय मञ्चको गठन गरिएको हो ।
मञ्चले हर्साई गाविस वडा नं. ३ सिन्धुलीका माझी सुब्बालाई उपचारका लागि ४ य १ मलेसिया रिगेट सहयोग गरेको छ । माझी मलेसियाको मेनरा मुतियारा वन्सार जमलन लिकु एम० जे० सि० कन्स्ट्रक्सन कम्पनिमा कार्यरत भएपनि केही समयदेखि विरामी भएर काममा जान नै नसक्ने अवस्थामा पुगेपछि मञ्चले सहयोग गरेको मञ्चका संयोजक लक्ष्मण थापाले जानकारी दिनुभयो ।
सुब्बालाई मलेसियामा कार्यरत पर्वतका प्रताप सुवेदी, मोरङका दल बहादुर लिम्बू, मोरङकै शेरचन राजवंशी, महेन्द्रनगरका इन्द्र विष्ट, कञ्चनपुरका सुनिल शाही, मोरङका विजय साह, नुवाकोटका अमिर दोङग, कुश्वरा सर्लाहीका सुमन माझी, भोजपुरका राम प्रसाद राई, तेह्रथुमका नर प्रसाद लिम्बु, सिन्धुपाल्चोकका सोनाम तामाङ मोरङका राम बहादुर तामाङ, सुनसरीका मनोज राई, सन्तोष कार्की, कृष्णकुमार विष्ट, लक्ष्मण थापा र नवलपरासीका मिलन बिश्वकर्माबा संकलन गरेको रकम हस्तान्तरण गरिएको थियो ।
पिडित माझी २६÷२७ महिना अगाडि देखि एम ० जे० सि० कम्पनीमा कार्यरत रहेपनि कम्पनीले उपचार खर्च नदिई घर फर्काउन लागेकोले उपचारपश्चात पुन ठीक भई काम गर्न सकुन भन्ने उद्देश्यले रकम संकलन गरी उपचार खर्चमा सहयोग गरेको संयोजक थापाको भनाई छ ।
