धरान/नेपाल खानेपानी संस्थान धरान शाखाका प्रमुख ईन्जिनियर दिपक श्रेष्ठलाई कमिशनको प्रलोभनमा परी सरुवा गर्न लागेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी, नेकपा(माओवादी र राप्रपा निकट संस्थानका कर्मचारी संगठनद्धारा सरुवा प्रकृयाको विरोध गरेका छन् ।
नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रिय समिति, खानेपनाी संस्थान कर्मचारी संगठन केन्द्रिय समिति, राष्टिूय स्वतन्त्र कर्मचारी परिषद केन्द्रिय समिति, नेपाल राष्टिूय कर्मचारी संगठन केन्द्रिय समिति र राष्टिूय कर्मचारी संगठन केन्द्रिय समितिद्धारा गठित संयुक्त संघर्ष समिति, नेपाल खानेपानी संस्थानले संयुक्त विज्ञप्ति जारी गरी विरोध गरेको हो ।
धरानमा आयोजित खानेपानी सम्बन्धि अन्तरक्रियामा प्रमुख ई. दिपक श्रेष्ठले खानेपानी कार्यालयको तर्फवाट राखेको यथार्थ अभिव्यक्ति र धारणालाई अतिरन्जित गरी नेपाल सरकार सहरी विकास मन्त्रालयका सचिवलाई एडिवीका एजेन्टहरुले कमिशनका प्रलोभनमा गलत सूचना प्रवाह गरेको आधारमा मन्त्रालयको सचिवद्धारा सरुवाका लागि ठाडो मौखिक निर्देशन दिएकोप्रति ध्यानार्षण भएको विज्ञप्तिमा जनाएको छ । विज्ञप्तिमा नेपाल खानेपानी संस्थानलाई खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्दै लैजाने प्रकृयाको समेत विरोध गरिएको छ । घाटामा गएको धरान शाखालाई २ करोड नाफामा पुऱ्याएको, सबैभन्दा धेरै धारा वितरण गरेको, चुवाहट रोकेको, खानेपानी वितरणको उचित व्यवस्थापन गरेकोमा पुरस्कृत गर्नुपर्नेमा उल्दै मानमर्दन गर्न लागेकोप्रति क्षुब्ध भएको जनाउंंदै श्रेष्ठलाई सम्मान गर्न तथा सरुवा गरी दण्डित गर्ने कार्य तत्काल रोक्न माग विज्ञप्तिमा गरेका छन् । उनीहरुले श्रेष्ठको सरुवावाट हुने उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयम् व्यवस्थापन र सम्बन्धित मन्त्रालय नै हुने समेत चेतावानी दिएका छन् ।
