एभरेष्ट वातावरण महिला समूहद्वारा बाढीपीडितलाई राहत वितरण

धरान/ वातावरण, सामाजिक विकृति तथा विसंगति र विपत्तमा परेकालाई उद्धार गर्दै आएको धरान १५ स्थित एभरेष्ट वातावरण महिला समूहले आफ्ना समूहमा रहेका दिदीबहिनी र छरछिमेकबाट संकलन गरेको रकम आज एक कार्यक्रमको बीच बाढीपीडितहरुलाई सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा समूहका सम्पूर्ण पदाधिकारीहरुले आफूहरुले संकलन गरेको ५० हजार ३ सय ४७ रुपैया मुलुकका विभिन्न स्थानमाा आएको बाढीपीडितबाट विस्थापित भएकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले एभिन्युज टेलिभिजनको राहत कोषमा जम्मा गरेका हुन् ।
विगतमा समेत सप्तकोशीले उच्च बाध फुटाएर विस्थापित भएकाहरुको सहयोगको लागि यसरी नै रकम हस्तान्तरण गरेका उनीहरुले थोपा थोपाले सागर बन्छ भन्ने उक्तिलाई आत्मसात गर्दै नेपाली महिलाहरुको महान चााड हरितालिका तीजको रमाइलोलाई समेत थााती राखेर ५ रुपैयादेखि ३ हजारसम्म टोलबासीहरुसंग संकलन गरी सहयोग गरेको हो ।
विगतमा धुमधामका साथ मनाउने गरेको तीजपर्व यसपटक भने राहत संकलन गरेर मनाउने सोचका साथ विगत १ महिना अगाडिदेखि उनीहरु राहत संकलनमा लागेका थिए । सरकारी स्तरबाट समेत पीडितपक्षसमक्ष राहत नपुगिरहेको अवस्थामा यी महिलाहरुले गरेको कामलाई कम आक्न मिल्दैन । साधारण शिक्षित भएका यी महिलाहरुले टोलसुधारमा धरान नगरपालिकामा नमूनाकै रुपमा पाइन्छ भने विकास निर्माणमा समेत उनीहरु अग्रसर भएको पाइन्छ । केही समय अगाडि उनीहरुले धरान १५ निराजनवस्तीमा बर्षाद्को समयमा बर्षेनी कटान गर्दै लगेपछि समूहकै अगुवाईमा तारजाली लगाई सो स्थानलाई सुरक्षित पार्ने काम समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया