नेपाल महिला संघ जिल्ला कार्यसमिति सुनसरीले तीज पर्व मनायो

नेपाल महिला संघ जिल्ला कार्यसमिति सुनसरीले संगठन विस्तारमा जोड दिादै यस पटकको तीज पर्व धुमधामसाग मनाएको छ ।
स्थानीय गीता मन्दिरको वंशीकला सदनमा आयोजित तिज महोत्सवमा सहभागीहरुले स्थानीय निर्वाच्नलाई मध्यनजर गर्दै तीज मनाएका हुन् । विगत कही बर्ष यता तीज मनाउने फरक शैली अपनाउन थालेका महिलाहरुले विरह, पीडा, पुनर्मिलनजस्ता विषयमा केन्द्रित हुनु भन्दा पनि बद्लिादो परिस्थितिलाई आत्मसात गर्न थालेका छन् ।
सो अवसरमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाली कााग्रेस महाधिवेशन प्रतिनिधि श्यामा रेग्मीले तीज नेपाली हिन्दु महिलाहरुको पुनर्मिलनको चाड भएको बताउनुभयो । उहााले भन्नुभयो आज सुनसरीका नेपाली कााग्रेससाग आवद्ध महिलाहरुलाई एकै ठाउामा उपस्थित हुने अवसर तिजले जुराइदिएको छ ।ह ामीले आफ्नो चाड पर्वलाई एएटा अवसरको रुपमा समेत लिनुपने आवश्यकता भइसकेको र आगामी दिनमा हुने स्थानीय निर्वाचनमा महिलाहरु केन्द्रित हुन सकून भन्ने उद्देश्यले तीज कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली राजनीतिका अग्रज महिला नेतृहरु स्व. मंगलादेवी सिंह र स्व. नोना कोइरालाको तस्विरमा माल्यापर्णपश्चात अगाडि बढाइएको उक्त कार्यक्रममा नेपाली कााग्रेस सुनसरी क्षेत्र नं. १ का सभाप िचन्द्रप्रसाद श्रेष्ठ, नेपाली कााग्रेस धरान नगर समिति सभापति किशोर राई, नेपाली कााग्रेस १९ वथटै वुथ समितिका संोजक गोविन्द बस्नेत, आनन्द आचार्य, उर्मिला प्रधान, अलिम अन्सारी, विजय अछमी, सुजेन्द्र तामाङ्ग, माधव गोविन्द श्रेष्ठ, गोमा पराजुली, भिष्म काफ्ले, मीना पुलामी, विकास आचार्य लगायतले तीजको मूल्य मान्यताको चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थिो । नेपाल महिला संघ सुनसरीको सभापति विजया कटुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एकल महिलाहरुको रातो वर्को, टिका प्रदान गरिएको थिो भने सञ्चालन निर्मला शाक्यले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया