धरान÷सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्याथोलोजिष्ट चिकित्सकहरुको सार्क स्तरीय तीनदिने सार्क एसोसिएसन अफ साइटो प्याथोलोजी एण्ड हिस्टो प्याथोलोजी सम्मेलन २०१६ सम्पन्न भएको छ ।
चिकित्सा विज्ञानको यस्तो सम्मेलन नेपालमा पहिलो पटक आयोजना
गरिएको हो । सम्मेलनमा नेपाल, भारत, अमेरिका, पाकिस्तान, अमेरिका, श्रीलंका, क्यनाडा, वंगलादेश, इजरायल र म्यान्मारका दुइ सय बढी प्याथोलोजिष्ट चिकित्सकहरु सहभागी रहेका छन् । तीमध्ये भारतीय मेडिकल कलेज तथा अस्पतालबाट ४५ जना, पाकिस्तानबाट १७ जना सवैभन्दा बढी सहभागि रहेका छन् ।
आयोजक समितिका अध्यक्ष समेत रहेका प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा अरविन्दकुमार सिन्हाकाअनुसार चिकित्सा विज्ञानको महत्वपुर्ण क्षेत्र मानिने प्याथोलोजी अन्तर्गत सम्मेलनमा साइटो र हिस्टो दुवै विषयका विषेशज्ञ चिकित्सकहरु वीच भदौ ३१ देखि शुरु भएको सम्मेलन तीनदिनसम्म चलेको थियो ।
उहाका अनुसार कुनै पनि रोगको निश्चित डाइग्नोसिस गर्ने मुख्य काम प्याथोलोजिष्टहरुको हुने भएकाले सम्मेलनमा विभिन्न मुलुकमा विकसित प्याथोलोजि प्रविधि, अनुसन्धान पत्र, विद्धत प्रवचन, अनुभवन आदान प्रदान र नया प्रविधिका बारेमा छलफल भएको थियो ।
उहांले भन्नु भयो चिकित्सा विज्ञानमा धेरै विकास भइसकेको अवस्थामा यो सम्मेलनले नयाँ तथा पुराना पुस्ताका चिकित्सकहरुलाई ज्ञान प्राप्त हुने
छ । त्यही ज्ञानको आधारमा विरामीको रोग सहजरुपमा पहिचान गरेर सही उपचार सेवा दिन प्रेरणा दिने छ । सम्मेलनको उद्घाटन नेपालका पहिलो प्याथोलोजिष्ट प्रा डा हरीगोविन्द श्रेष्ठले गर्नुभएको थियो । नेपालमा करिव सयजना मात्र प्याथोलोजिष्ट रहेका छन् ।
