इनरुवा÷ नेपाली कांग्रेस सुनसरीले लौह पुरुष गणेशमान सिंहको १९औं स्मृति दिवस मनाएको छ । सिंहको तस्विरमा माल्यर्पण गर्नुका साथै सिंहले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र समाजवादका निम्ति गरेको त्याग, वलिदान र पुरुषार्थको स्मरण सुनसरी कांग्रेसले गरेको छ ।
जिल्ला सभापति राजिव कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सचिव केदार भण्डारी, जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, क्षेत्रीय सभापतिहरु रामप्रसाद मेहता, अयुव अन्सारी, उपेन्द्र कटवाल, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, गोविन्द बस्नेत, गोपाल चौधरी, रामलाल चौधरी, मोहन मण्डल, प्रमोद पोखरेल, रन्जेश भट्टराई, अलाउद्दिन हुसैन, हाजी सुलेमान मन्सुरी, धर्मनारायण मण्डल, दिपेशजंग बस्नेत, शंकर बस्नेत, मुना अधिकारी, इनरुवा नगर सभापति राजन मेहता, कार्यलय सचिव सुनोज निरौला लगायतको उपस्थिति रहेको थियो । वीर गणेशमानले आत्मासात गरेको तथा देखाएको आदर्श, मूल्य र मान्यतालाई कांग्रेसले भुल्नु नहुने वक्ताहरुले वताएका छन् ।
