श्रमजीवि पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न मन्त्री समक्ष माग

धरान÷ सुनसरीका सञ्चारकर्मीहरुले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न सूचना तथा सञ्चारमन्त्री समक्ष माग गरेका छन् ।
आइतबार रेडियो नेपालको क्षेत्रीय कार्यालयको निरीक्षण गरी फर्कने क्रममा नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयको वस्तुस्यिति बुझ्न आउनु भएका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीसमक्ष मोफसलमा काम गर्ने सञ्चारकर्मीहरुले यस्तो माग गरेका
हुन् ।
उनीहरुले सरकारी विज्ञापनको समानुपातिक वितरण प्रक्रिया, मोफसलमा चल्ने विद्युतीय तथा छापा माध्यमका सञ्चार माध्यमको अवस्था स्थानीय बजारबाट आउने विज्ञापनबाट चल्नुपर्ने बाध्यता भएकोले यहाको सञ्चारमाध्यमलाई जोगाउन कठिनाइ भएको, सरकारले ल्याएको सञ्चारकर्मी न्यूत्तम पारिश्रमिकलाई पूर्ण रुपमा कार्यान्वयन गर्न मन्त्री कार्की समक्ष माग गरे ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरेले सुनसरीमा मात्र विद्युतीय र छापा गरी ४ सय भन्दा बढी सञ्चारमाध्यम सञ्चालनमा आएको बताउनुभयो । उहाले राजधानीमा बसेर पत्रकारिता भन्दा मोफसलमा बसेर काम गर्ने सञ्चारकर्मीले स्थानीय स्तरका आवाजहरुलाई उठाउने गरेपनि सम्बद्ध सञ्चारमाध्यामले त्यसको मुल्यान
नगरेको आरोप लगाउनुभयो । उहाले ठूला सञ्चारमाध्यमहरुले नै श्रमजिवी पत्रकार ऐन अनुसारको तलब मोफसलमा बसेर काम गर्ने सञ्चारकर्मीलाई नदिएको बताउनुभयो ।
यस्तै बरिष्ठ पत्रकार हर्ष सुब्बाले समेत सरकारले नया नीति बनाएर मोफसलका सञ्चार मिडिया र सञ्चारकर्मीको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाले श्रमजीवि पत्रकार ऐन कागजमा मात्र सीमित भएको तर व्यवहारमा लागू नभएकोले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै महाप्रतिवाद साप्ताहिकका सम्पादक तारा लामगादेले स्थानीय सञ्चारमाध्याको समस्याको विषयमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
सञ्चारकर्मीहरुको सम्पूर्ण कुरा सुनिसकेपछि सञ्चारमन्त्री कार्कीले
सरकारले सञ्चारसम्बन्धी नयाँ नीति बनाउने र स्थानीय स्तरका सञ्चारकर्मीलाई प्रोत्साहतन हुने कार्यक्रमलाई अगाडि बढाउने बताउनुभयो । उहाले सञ्चारमाध्यम र सञ्चारकर्मीका समस्याका विषयमा बारम्बार कुरा उठाउदा समेत कसैबाट सहयोग नआएको तीतो सत्य कुरा
बताउनुभयो ।
मन्त्री कार्कीले प्रजातन्त्रको मूल्य र मान्यतालाई बचाउदै स्वतन्त्र रुपमा कलम चलाउने सञ्चारकर्मीको मुल्यांकन यो सरकारले गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।
मन्त्री कार्कीले सो अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीको भवन अवलोकनका साथै नजिक रहेको अमर सेवा समाजको भवन समेत अवलोकन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया