धरान/लामो समयदेखि चर्चामा
रहेको भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण अब निश्चित भएको छ । मुखर्जीले नेपाल भ्रमण आगामी कार्तिक १८ गतेदेखि गर्ने स्रोतले जनाएको छ ।
भारतीय राष्ट्रपतिले नेपालको दुई दिने राजकीय भ्रमण गर्ने निश्चित प्राय: भएको परराष्ट्र मन्त्रालय उच्च स्रोतले जनाएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको भोलिदेखि हुने भ्रमणको पूर्व सन्ध्यामा पराराष्ट्रमन्त्री डा. प्रकाश
शरण महत र भारतीय विदेशमन्त्री शुष्मा स्वराजवीच सोमबार भएको वार्तामा मुखर्जीको भ्रमण सम्बन्धमा छलफल भएको थियो ।
छलफलका क्रममा भारतीय पक्षले मुखर्जीको भ्रमण आगामी कार्तिक १६ गतेदेखि गराउने प्रस्ताव गरे पनि नेपाली पक्षले उक्त दिन तिहारको भाइटिका पर्ने भएकोले कार्तिक १८ गतेलाई प्रस्ताव गरेको थियो । यस सम्बन्धमा अन्तिम टुंगो भने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणताका लाग्ने बताइएको छ । महत र स्वराजबीच भएको छलफलका क्रममा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको विषयमा छलफल भएको थियो । भण्डारीको भ्रमण केपी ओलीको समयमा अचानक स्थगित हुादा भारत सरकारले असन्तुष्टि समेत जनाएको थियो । यसका अलावा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत नेपाल भ्रमण गराउने प्रस्ताव नेपालले गरेको छ । अघिल्लो पटक सार्क शिखर सम्मेलनमा नेपाल आउादा प्रधानमन्त्री मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथकाृ दर्शन गर्न चाहनु भएको थियो । उहााको दर्शनका लागि स्थानीय स्तरबाट सम्पूर्ण तयारी पूरा भएपनि विविध कारण्ले रोकिएको थियो । यसपटक भने भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सम्भव भएमा तिनै धार्मिक स्थलमा पुर्याउने नेपाल सरकारको योजना रहेको छ, स्रोतले भन्यो ।
