धरान/नेपालका पूर्व राष्ट्रपति
रामवरण यादव पहिलो पटक भारत भ्रमणमा जाादा भारतले नेपालका ५ वटा प्रमुख औद्यागिक शहरमा रेल्वे नाका पुर्याउने सम्झौता भएपनि नेपाल
सरकारकै उदाशीनताका कारण हालसम्म काम सम्पन्न हुन सकेको छैन ।
जनकपुर जयनगर–बर्दिबास, वथना–विराटनगर, कटहरी, विरगञ्ज–पथलैया, भैरहाव–सुनौली, रुपैडिया, नेपालगञ्ज–कोहलपुरसम्मको रेल्वे नाका खोल्न भारतले सम्पूर्ण आर्थिक र प्राविधिक सहयोग गर्ने तथा नेपाल
सरकारले जग्गा उपलब्ध गराउने सम्झौता भएको थियो ।
सम्झौता अनुसार भारत सरकारले आÏनो तर्फको सम्पूर्ण कार्य सम्पन्न
गरिसकेको छ । बथना–विराटनगर
कटहरीको १८.५ किमीमध्ये ५.५ किमी रेल्वे कष्ट्रक्सन भारत सरकारले आफ्नोतर्फ बनाएर उद्घाटन समेत गरिसकेको छ । तर नेपालतर्फ जग्गा मुआब्जका कारण दुई बर्ष अगाडि नै सम्पन्न हुनुपर्ने काम हालसम्म अगाडि बढ्न सकेको छैन । अन्यत्र समेत जग्गा मुआब्जा किचोलोकै कारण काम अगाडि बढ्न सकेको छैन । यस्तो अवस्थामा वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत कोलकत्ताबाट र विशाखापट्टम बन्दगाहबाट नेपालका चार मुख्य नाका जोड्न भारतलाई प्रस्ताव गरेको छ ।
वाणिज्य मन्त्रालयले रेल सेवा विस्तार गरी वल्क कार्गोमार्फत सामान आयातको व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयमार्फत वाणिज्यले प्रस्ताव पठाएको हो । तेस्रो मुलुकबाट हुने सामानको ढुवानी बल्क, कार्गो र रेल्वे सेवामार्फत सस्तो हुने भएकोले भारत समक्ष यस्तो प्रस्ताव पठाएको मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । एक साता अघि परराष्ट्र मन्त्रालयमार्फत भारतका चार नाकामा रेल्वे सेवा जोड्ने र वल्क, कार्गो मार्फत ढुवानी गर्ने दुई आशय पत्रको प्रस्ताव गरेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले बताउनुभयो । उहााले भन्नुभयो, प्रधानमन्त्रीको भारत भ्रमणमा समेत यो विषयलाई एजेन्डा बनाउन आग्रह गरेका छौं ।
हाल परिवहन सन्धी बमोजिम वल्क कार्गो कोलकत्ता बन्दरगाहबाट
विरगञ्ज नाकाबाटमात्र ल्याउन पाइन्छ । वल्क कार्गोमा सिमेन्ट, तरकारी, फलफूल र मलमात्र ल्याउन पाइन्छ । यस्तै रेल्वे सेवा सम्झौता बमोजिम कोलकत्ताबाट वीरगञ्ज नाकामा मात्र रेल्वे मार्फत ढुवानी गर्न पाइने व्यवस्था रहेको छ ।
रेल्वे सेवा र वल्क कार्गो एक आपससाग सम्बन्धित छन् । वल्क, कार्गो रेल्वे मार्फत मात्र ढुवानी गरिन्छ । एउटा सम्झौता गरेर अर्को भएन भने त्यसको कुनै अर्थ रहादैन । प्रवक्ता सैजुका अनुसार दुवै एलओई एकैपटक पठाएका छौं । अहिले कोलकत्ता साथै विशाखापट्टम बन्दरगाह उपयोग गर्ने सम्झौता भइसकेको छ । दुवै बन्दरगाहबाट रेल्वे र बल्क कार्गोको सुविधा किन खोजिएको हो ? भारतको सबै क्षेत्रमा रेल्वे सेवाको व्यवस्था पुगिसकेकोले केही पूर्वाधार निर्माण गरे सहजै नेपालका नाकासम्म रेल आइपुग्छ, सैजुले भन्नुभयो । फलाम तथा स्टिलजन्य वस्तु र कोइला पनि वल्क कार्गोमार्फत ल्याउने सुुविधा दिन समेत नेपालले आग्रह गरेको छ ।
