धरान/नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको वहुचर्चित भारत भ्रमण भोलिदेखि हुादैछ । भारत भ्रमणमा जानु अगाडि भारतबाट सर्वाधिक संख्यामा प्रकाशित हिन्दुस्थान टाइम्सको हिन्दी संस्करणलाई अन्तरवार्ता दिदै दाहालले ‘नेपाली जनता मोदीलाई निक्कै विश्वास गर्छन्, हामीले यो विश्वासलाई अझ सुदृढ गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।
दाहालको उक्त भनाईर्ले नेपाल भारत बीचको सम्बन्ध अझ थप उचाइमा पुग्ने जानकारहरु बताउाछन् । भोलि विहीबार भारतको राजधानी नयाादिल्ली पुगेलगत्तै पुष्पकमल दाहालको राजनैतिक भ्रमण शुरु हुने बताइएको छ । दिल्ली पुगेकै दिन उनले भारतीय कम्युनिष्ट पार्टीका नेता
सिताराम यंचुरी, राष्ट्रिय कााग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी, समाजवादी नेता सुधिन्दै भदौरिया लगायतसाग भेटघाट गर्नु हुने भएको छ ।
सोही दिन उहााले भारतका आप्रवासी समुदायका प्रतिनिधि तथा त्यहाा बस्दै आएका अगुवाहरुसाग
अन्तरक्रिया गर्नुहुने भएको छ । सााझ नयाादिल्लीस्थित नेपाली राजदुतावासले आयोजना गर्ने रात्री भोजमा दाहाल सहभागी हुनुहुने भएको छ । त्यस क्रममा दाहालले भारतका विभिन्न
राजनैतिक दलका नेता, कुटनीतिक नियोगमा प्रमुख, प्रवुद्ध व्यक्तिहरुसाग छलफल गर्नुहुने स्रोतले जानकारी दिएको छ । भदौ ३१ गते शुक्रबार प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसाग उच्च स्तरीय भेटघाट गर्नुहुने छ उहााहरुसागको भेटघाटपश्चात सोही दिन नेपाल भारतबीच द्विपक्षीय सम्झौता समेत हुने छ । असोज १ गते प्रधानमन्त्री दाहाल चण्डीगढमा निर्माणाधीन एक हाइड्रोपावर अवलोकनमा जानु हुने भएको छ । हाइड्रो पावरको अवलोकन भ्रमणपश्चात सोही दिन उहाा भारतका उद्योगी, व्यवसायीहरुसाग अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु हुने भएको छ । दाहालले इण्डिया फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा नेपाल–भारतबीचको सम्बन्धका बारेमा आफ्ना धारणा राख्नुहुने भएको छ । आफ्नो भारत भ्रमणका सम्बन्धमा उहााले अन्तरक्रिया गरी असोज २ गते पतञ्जली योग पिठको कार्यक्रममा सहभागी भएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
