प्रतिष्ठानको २३ औं स्थापना दिवस सम्पन्न

धरान / गत शनिवार बीपी
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २३ औ स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
महान नेता बीपीको जन्म दिनको अवसर पारेर २०५० सालमा नन् प्राक्टिसिङ कलेजको अवधारणा अनुरुप स्थापना भएको प्रतिष्ठानले नेपाली कांग्रेसका महान नेता स्व. कोइरालाको तश्विरमा माल्यापण गरी आफ्नो २३ औं स्थापना कार्यक्रम सम्पन्न गरेको छ । माल्यार्पणमा प्रतिष्ठानका पदाधिकारी,
कर्मचारी, प्रहरी प्रशासनका उच्च पदस्थ पदाधिकारी, सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो भने प्रतिष्ठानका उपकुलपति प्रा.डा. बीपी दाशले प्रतिष्ठानको झण्डा झण्डोत्तलन समेत गनुभएको थियो ।
सो अवसरमा बोल्दै प्रतिष्ठानका प्रमुख अतिथि अल इन्डिया इन्स्चि्युट अफ हेल्थ साइन्स मेडिकल कलेज (एम्स)
भारत नया दिल्लीका डाइरेक्टर प्रोफेसर डाक्टर महेशचन्द्र मिश्राले प्रतिष्ठानले २३ बर्षको अवधिमा गरेको प्रगतिको प्रशंसा गर्नुभएको थियो ।
यस्तै प्रतिष्ठानका उपकुलपति प्रा.डा दाशले ३ सय ५० बेडबाट शुरुवात
गरेको प्रतिष्ठान अहिले ८ सय बेडको पुग्दा समेत अझै जनताले सोचेजस्तो स्वास्थ्य उपचार नपाएको बताउदै भविष्यमा यसलाई १६ सय वेडको निर्माण गर्ने लक्ष्य लिएको समेत स्पष्ट पार्नुभयो ।
त्यस्तै प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले आफ्नो काम गर्न सरकारी मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहााले इमान्दारितापूर्वक सबैले आ–आफ्नो क्षेत्रबाट प्रतिष्ठानको हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानमा अहिले पनि टेक्निकल सहयोग भारत सरकारले त्यसमा पनि एम्सले गर्दै आएको छ । अहिले प्रतिष्ठानमा दैनिक ३ हजार विरामीहरु उपचारका लागि आउने गरेका छन् । यसलाई अझै अपग्रेट गर्दै क्यान्सरको सम्पूर्ण उपचार प्रतिष्ठानमा गर्ने लक्ष्य प्रतिष्ठानले लिएको छ ।

तपाईको प्रतिक्रिया