अदालतको अनौठो आदेश: घर पुगेपछि श्रीमतीलाई के छ डार्लिंग भन्नू

रक्सी खाएर रातबिरात घर पुगेर स्वास्नी कुट्ने लोग्नेमान्छेहरुलाई कानूनले पाता कसेको छ ।
मध्यरातमा रक्सीको तालमा स्वास्नी कुट्ने पुरुषहरुले अब घर छिर्ने्बित्तिकै श्रीमतीलाई मायालु स्वरमा भन्नुपर्नेछ, के छ डार्लिंग ? यो कुनै निबन्ध वा उपन्यासको अंश होइन । अदालतको आदेश हो, सबैले मान्नैपर्ने । र यो अनौठो आदेश दिएको छ भारतको एक अदालतले ।
अदालतको यस्तो आदेशससागै ६ महिनादेखि लोग्नेबाट टाढा भएकी एक महिला लोग्नेको घर फर्किन राजी भइन् । अनि अदालतमा चलिरहेका सम्बन्ध विच्छेद लगायतका विभिन्न ३ वटा मुद्दाको पनि टुंगो लाग्यो एकसाथ ।
अदालतले यो फैसलाको पछाडि के तर्क दिएको छ भने यदि लोग्नेले हरेक दिन श्रीमतीलाई के छ डार्लिंग भनेर सोध्ने गरेमा दुइबीच प्रेम झांगिन्छ ।
भारतको मध्यप्रदेशको दक्षिण पश्चिमी खरगोन जिल्लाकी हेमलता नामकी महिला तथा अभिषेक नामका पुरुषबीच सन् २०१३ मा बिहे भएको थियो । बिहेको ६ महिना पछि नै दुईबीच विवाद हुन थाल्यो । हेमलताका अनुसार अभिषेकले उनलाई हरेक दिन रक्सी खाएर आई पिट्थे । र लोग्नेको पिटाइमा सासुले पनि सहयोग गर्थिन् ।
अभिषेकले भने हेमलता सधै कचकच तथा विवाद गर्ने गरेको र ६ महिनादेखि माइतीमै बसेको बताए । गत मे मा अभिषेकले जिल्ला अदालतमा श्रीमतीसाग डिभोर्सका लागि निवेदन दिए ।
तर अदालतले उनीहरुको सम्बन्ध विच्छेद गराउनुको साटो मेलमिलाप
गराउने निधो गरी एक मेलमिलापकर्ताको मध्यस्थतामा उनीहरुबीच छलफल
गराइयो र सहमतीमा पुर्‍याइयो ।
अदालतले अबदेखि अभिषेक घरबाहिर बस्न छाडेर दिनहुा घरमै जाने र हरेक दिन श्रीमतीलाई के छ खबर डार्लिंग भनेर सोध्नुपर्ने फैसला गर्‍यो । त्यसमा दुबैजना सहमत भए र खुसीसाथ घर फर्किए । उनीहरुको सम्बन्ध विच्छेदको निवेदन पनि खारेज भयो ।

तपाईको प्रतिक्रिया