धरान/ :प्रहरी कामलाई प्रभावकारी बनाउन धरान प्रहरीले शनिवार धरानमा स्टिकर वितरण गरेको छ ।
कुनै पनि शंकास्पद व्यक्ति, वस्तु, घट्ना तथा सुरक्षा सम्बन्धी समस्या भएमा प्रहरीलाई खबर गर्न सुनसरीमा भएका नजिकका प्रहरी कार्यालयको सम्पर्क नम्बर उल्लेख गरिएको सो स्टिकर धरानमा रहेका सवारी साधन, सर्वसाधारण तथा घरघरमा टास्ने कार्यलाई धरान प्रहरीले शुरुवात गरेको छ ।
प्यावसन सुनसरी र हिसान धरानले प्रयोजन गरेको सो स्टिकरमा जिल्ला प्रहरी कार्यालय,सुनसरी, इलाका प्रहरी कार्यालय धरान। वडा प्रहरी कार्यालय धरान, प्रहरी चौकी पानवारी, बरगाछी, घोपा अमरहाट र देउराली प्रहरी चेकपोष्टका महत्वपूर्ण नम्बरका साथै ती पोष्टमा रहेका प्रहरीहरुको समेत मोवाइल नम्ब्र समेत स्टिकरमा उल्लेख गरिएका छन् ।
प्रहरी मेरो साथी अभियान अन्तर्गत यो स्टिकर धरानका चोक चौक गल्ली गल्ली वितरण गर्नुका साथै धरानमा रहेका सम्पूर्ण घरहरुमा टासिने भएको छ । अभियान अन्तर्गत आज अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले विभिन्न स्थानमा स्टिकर टासेर अभियानको शुरुवात गर्नुभएको हो । यो स्टिरले प्रहरी अपराधमा न्युनिकरण गर्ने अपेक्षाराखेर वितरण गरिएको अञ्चल प्रहरी प्रमुख एसएसपी पवनप्रसाद खरेलले जानकारी दिनुभयो ।
प्रहरीको यो कार्यका धरानमा सम्पूर्ण वर्ग, समुदाय, सर्वसाधारणले समेत प्रशंसा गरेका छन् । धरानमा हुने गरेका अपराधिक घट्नामा न्यूनिकरण हुनुका साथै शान्ति सुरक्षा कायम हुने अपेक्षा धरानबासीले राखेको धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले बताउनुभयो । उहाले स्टिकरमा भएको टेलिफोन नम्बर अत्यन्तै महत्वपूर्ण टेलिफोन नम्ब् भएकोले यसलाई आफ्नो मोवाइलमा राख्न समेत सबैलाई आग्रह गर्नुभयो ।
